arrow

नेकपाका उम्मेद्वारलाई हराउदै दोलखा उद्योग बाणिज्य संघमा कांग्रेस निकट विजयी

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
dolkha-ubms.jpg

दोलखा । नेपाल कम्युनिष्ट पार्टीको गढ मानिएको दोलखाको उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस निकट नेतृत्व विजयी भएको छ । शनिबार चरिकोटमा भएको निर्वाचनको आइतबार सार्वजनीक भएको मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका ईन्द्र बहादुर श्रेष्ठ विजयी भएका हुन् ।

 श्रेष्ठले प्रतिस्पर्धी प्रगतिशील प्यानलका सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराउदै अध्यक्ष पदमा विजयी भए ।  ८ सय ५ मत खसेको मध्ये श्रेष्ठले ४०३ र कार्कीले  ३ सय ६७ मत ल्याए ।

श्रेष्ठलाई कांग्रेस र कार्कीलाई सत्तारुढ नेकपाको समर्थन थियो । दोलखाका संसदीय निर्वाचनदेखि अन्य पेशागत संघसंस्थाहरुमा समेत नेकपाकै बर्चस्व रहदै आएको छ । उद्योग बाणिज्य संघको नेतृत्वमा आउन समेत नेकपाले निकै मेहनत गरेपनि अन्तत कांग्रेस निकट उम्मेद्वार हाबी भए ।

१६ सदस्यीय कार्यसमिति मध्ये श्रेष्ठ प्यानलबाट बहुमतसहित १० जना बिजयी भए भने कार्की प्यानलका ६ जना विजयी भए ।  पदाधिकारी भने कार्य समिति बैठकबाट चयन हुनेछन् । बहुमतबाटै निर्णय हुने कारणले कांग्रेस निकटकै उम्मेद्वार चयन हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ