arrow

मुम्बईलाई कीर्तिमानी उपाधि

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
mumbai2.jpg

काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा चेन्नाई सुपर किंगसलाई १ रनले पराजित गर्दै मुम्बर्ईले सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएको हो । 

१५० रनको चुनौती लिएर मैदानमा उत्रिएको चेन्नाईले ७ विकेटको नोक्सानीमा १४८ रन बनाएपछि मुम्बई १ रनले विजयी भएको हो । 

शेन वाटसनले अन्तिम ओभरमा रनआउट हुनुपूर्व ५९ बलमा ८० रन जोडे । फाफ दु प्लेसिसले १३ बलमा २६ रन बनाए । 

जसप्रित बुमराहले २ तथा हार्दिक पान्डेया, लासिथ मालिंगा र राहुल चाहरले १–१ विकेट लिए । 

खेलमा मुम्बईले निकै खराव फिल्डिङ गरेको थियो । रन आउट र केही क्याच छुटाएको थियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले हैदरावादको मैदानमा ८ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । 

किरोन पोलार्डले २५ बलमा नटआउट ४१ रन बनाए । क्विन्टन डे ककले २९ रन बनाए । दिपक चाहरले ३ तथा सर्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए । 

यो जितले १२ औं संस्करण सम्मको आइपिएलमा मुम्बईले सबैभन्दा बढी चार पटक उपाधि जितेको हो । मुम्बईले यही लिगमा चेन्नाईलाई चार पटक हराएको छ । 

चेन्नाईले ३ पटक उपाधि जितेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ