arrow

आइपिएलमा कसले कुन पुरस्कार जित्यो ? कसले कति रकम पायो ?

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
mumbai-indians.jpg

काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करण आइतबार राति हैदरावादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट रंगशालामा सम्पन्न भएको छ । 

मुम्बई इन्डियन्सले फाइनलमा चेन्नाई सुपर किंगसमाथि एक रनको अत्यन्त सनसनीपूर्ण जित निकालेर आइपिएलको इतिहासमा सर्वाधिक चार पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । 

यो जितसंगै मुम्बईले २० करोड भारतीय रुपैयाँ पुरस्कार जितेको छ । त्यसैगरी तीन पटकको विजेता तर यसपटको उपविजेता चेन्नाईले १२.५ करोड भारुमा चित्त बुझाएको छ । 

व्यक्तिगततर्फ मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर तथा सुपर स्ट्राइकर अफ द सिजनको उपाधि कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल बनेका छन् । 

५१० रन बनाएका उनले १० लाख भारु जितेका छन् । त्यसैगरी एउटा कार पनि जितेका छन् । 

सबैभन्दा बढी २६ विकेट लिएका चेन्नाईका इमरान ताहिरले पर्पल क्यापसहित १० लाख भारु जितेका छन् । 

फेयर प्ले अवार्ड सनराइजर्स हैदरावादले जितेको छ । फास्टेष्ट फिफ्टीको उपाधि हार्दिक पाण्डेयाले जितेका छन् । उनले १७ बलमा ५० रन बनाएका थिए । 

सबैभन्दा बढी ६९२ रन बनाएर सनराइजर्स हैदरावादका डेभिड वार्नरले ओरेन्ज क्यापसहित १० लाख भारु जिते । 

नेपाली खेलाडी एवं दिल्ली क्यापिटल्सका सन्दीप लामिछानेलाई पछाडि पार्दै कोलकाताका शुभम गिल इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि जित्दै १० लाख भारु हात पार्न सफल भएका छन् । 

किंगस इलाभेन पंजाबबाट ५९३ रन बनाएका लोकेश राहुल स्टाइलिश प्लेयर अफ द सिजन बन्दै १० लाख भारु जिते । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ