arrow

एमाओवादी केन्द्रीय समिति बैठकमा आफ्नै मन्त्रीको चर्को आलोचना

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
ucpn-maoist-office.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादीको जारी केन्द्रिय समिति बैठकमा पार्टीबाट सरकारमा सहभागि आफ्नै मन्त्रीहरुको व्यापक आलोचना भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा आइतबार बसेको बैठकमा पार्टीबाट वर्तमान सरकारमा सहभागि मन्त्रीहरुको काम कारबाही सन्तोषजनक नरहेको भन्दै आलोचना भएको हो । 
 
बैठकपछी पार्टी प्रवक्ता दीनानाथ शर्माले पार्टीबाट फुटेर गएका अन्य पार्टी तथा समूहहरुसँग एकता गरी अर्को चैतभित्र पार्टीको महाधिवेशन गर्ने कुरा समेत बैठकमा उठेको जानकारी गराए । बैठकमा अन्य माओवादी पार्टीहरुसँगको एकता, पार्टी पुनःनिर्माण तथा सुदृढीकरण लगायतका विषयमा छलफल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ