arrow

शेरबहादुरले भने, ‘ओली सरकारमा सहभागि हुन्न, राष्ट्रिय सहमतिको सरकारमा पछी हट्दैन’

‘राष्ट्रिय धन एकैसाथ बाँडीचुँडी खाउँ, सरकारमा जाउँ भन्ने हो भने केही छैन, होइन भने हामीबीच सहकार्यको आवश्यकता छ’

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
congress-chairman-Deuba.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेस सामेल हुन सक्ने बताएका छन् । सभापति देउवाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल भए वर्तमान सरकारमै सहभागि हुन सक्ने जनाउ भने दिएका छन् । 
पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको छैटाैँ स्मृति दिवसका अवसरमा राजधानमीमा भएको कार्यक्रममा देउवाले गिरिजाबाबुको एकता सुत्रलाई बिर्सन नहुने भन्दै राष्ट्रिय सहमतिका लागि सवै दल एकजुट हुनु पर्ने धारणा राखे । 
 
बाह्र बुँदे सहमती देखि हालसम्मका राजनीतिक परिवर्तनहरुमा आफ्नो सक्रियता रहेको बताउँदै देउवाले गिरिजाबाबुले आफूलाई पार्टीबाट निकालेको समेत सुनाए । 
 
देउवाले भने, ‘यही सरकार राष्ट्रिय सरकार बन्न सक्छ, सहमती र एकतामा काँग्रेस पछि हड्दैन, राष्ट्रिय सरकारमा सहभागी हुन सक्दछ ।’ राष्ट्रिय एकता मुलुकको हितमा भए पछि रहने कुरै आउँदैन । देउवाले भने, ‘राष्ट्रिय धन एकैसाथ बाँडीचुँडी खाउँ, सरकारमा जाउँ भन्ने हो भने केही छैन, होइन भने हामीबीच सहकार्यको आवश्यकता छ ।’ स्वार्थ रहित, देश र जनताको हितमा दलहरुको एकता हुनै पर्दछ । 
 
कार्यक्रममा सँगै रहेका एमाले महासचिव ईश्वर पोखरेलले समेत राष्ट्रिय एजेण्डाहरुमा एक हुनुपर्ने भन्दै कांग्रेसलाई समेत सरकारमा आउन भनेपछी देउवाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पोखरेलले भनेका थिए, ‘सरकारमा जानु नजानु ठूलो कुरा होइन, राष्ट्रिय एजेण्डाहरुमा एक भएर अघि बढ्नु ठूलो कुरा हो ।’
 
पोखरेलले संविधान जारीपछि सङ्क्रमणकालीन अवस्था अझै नसकिएको र संविधानको विरोध गर्ने तत्व अझै सक्रिय भएकाले यसको सफल कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने र नेतृत्व कसले गर्ने भन्ने कुरो गौण हो–भने । राजनीतिक दृष्टकोणले कष्टकर मानिएका अवस्थामा पनि शान्ति स्थापनाका लागि समर्पण भएकैले गिरिजाबाबु सम्मानित भएको सम्झिँदै पोखरेलले आग्रह वा पूर्वाग्रहको सहकार्यले देश धरासायी हुने भएकाले विगतका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्न र राष्ट्रिय स्वाभिमानको मुख्य आधार आत्मनिर्भरतालाई नीति र योजनामा समावेश गर्न सुझाव दिए । 
 
यस्तै, देउवाले सहमती र एकताको कुरा गर्दा पटक–पटक २०६२–०६३ को जनआन्दोलनका नायक एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झेका थिए । सभापति देउवाले भने, ‘गिरिजाबाबुले सँधै भन्ने गरेको सहमती, सहकार्य र एकताको बाटो हामीले कहिल्यै विराउनु हुँदैन, पार्टीको आन्तरिक व्यवस्थापन होस् वा सर्वदलीय एकता ।’ बाह्र बुँदे सहमती देखि हालसम्मका राजनीतिक परिवर्तनहरुमा आफ्नो सक्रियता रहेको बताउँदै देउवाले गिरिजाबाबुले आफूलाई पार्टीबाट निकालेको समेत सुनाए । 
 
गिरिजाबारे खुलेर बोलेका देउवाले आफु सधैँ एकताको पक्षमा रहेको र १३औं महाधिवेशनबाट आफुले पार्टीलाई एकढिक्का बनाउने अभियान थालिसकेको बताए । देउवाले काँग्रेस महाधिवेशन चल्दै गर्दा भारतबाट आएका नेताहरुले समेत नेपालका राजनीतिक दलहरुको एकताको प्रससा गरेको सुनाए । विहारका मुख्यमन्त्री नितिश कुमारले महाधिवेशन उद्घाटन समारोहमा नेपाली राजनीतिक दलका नेताहरुको एकता देखेर आफु मोहित भएको उद्घोष गरेका थिए । 
 
शान्ति स्थापना, गणतन्त्र घोषणा र संविधान निर्माणमा गिरिजाबाबुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सभापति देउवाले संविधान बने पनि कार्यान्वयनमा समस्या आएका अवस्थामा राजनीतिक दलबीच सहकार्य नभए स्थायी शान्ति नहुने उल्लेख गरे । यस्दै देउवाले देशको प्राकृतिक सम्पदाको सदुपयोग गर्न, जलस्रोत तथा पर्यटन क्षेत्रको विकास र औद्योगिक क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न राजनीतिक दलबीच सहकार्यको अवश्यकता भएको बताए ।  
 
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ र आयोजक संस्थाका सल्लाहकार भिमसेनदास प्रधानले नेता कोइरालको योगदानको चर्चा गर्दै अबको नेतृत्वले पनि आफूलाई वर्षांै लेखिने पुस्तकको पात्र बनाउन, छिमेकी मुलुकबीचको सम्बन्धमा साझा धारणा बनाउन सुझाव दिए । विचार गोष्ठीमा हास्य कलाकार श्रीकृष्ण सिम्खडाले ‘अहिले गिरिजाबाबु भइदिएको भए के भन्थे ?” भन्ने सन्देशको अनुकरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ