arrow

राहुलभन्दा मोदी ६ गुणा अगाडि

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
modi-rahul1.jpg

काठमाडौं । भारतमा लोकसभाको निर्वाचन चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी भन्दा ६ गुणा अगाडि देखिएका छन् । 

देशमा चुनाव चलिरहँदा कसले कसका बारेमा बढी जानकारी लिन चाहन्छन् भन्ने सबालमा गरिएको सर्वेक्षणमा गान्धीभन्दा मोदीको महत्व ६ गुणाले बढेको हो । 

अनलाइन सर्च इन्जिन गुगलमा मार्च १० देखि मे ७ तारिखसम्मको सर्च ट्रेन्ड्समा हेर्दा मोदीको लोकप्रियता गान्धीको भन्दा ६ गुणा बढी देखिएको हो । 

यसमा मोदीको लोकप्रियता खोज्दा त्यहीं गान्धीका नकारात्मक कुराहरु खोजिएका थिए । 

मोदीको सर्च ग्राफ ७२ हुँदा राहुलको केवल १२ पाइएको छ । मोदीलाई अप्रिल २९ मा सर्वाधिक खोजी गरिएको थियो भने राहुललाई सबैभन्दा बढी खोजी गरिएको दिन अप्रिल २२ मा ग्राफ २५ सम्म पुगेको थियो । यो दिन मोदीको ग्राफ ८३ मापन गरिएको थियो । 

चुनावका बेलामा अखिलेश यादव, मायावती, योगी आदित्यनाथ, प्रियंका गान्धी, अरबिन्द केजरीवाल, ममता बेनर्जी लगायत पनि खोजीमा रहेका थिए । (एजेन्सीको सहयोगमा)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ