arrow

पुरुष एएफसी कपको निर्णायमा सबै महिला

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
afc.jpg

क्वालालम्पुर ।  एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ ।

जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ ।

थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन् । एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेको जनाएको छ ।

एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो ।

सन् २०१६ मा निर्णायकको दर्जा पाउनुभएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै “मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ” भनिन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ