arrow

नक्कली मोही बाँडफाँटको लागत बनाइ भ्रष्टाचारको आरोपमा मुद्दा

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
lalpurja_jagga.jpg.jpeg

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
 
आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ ।
 
तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विक र तामेलदार प्राणनाथ कसजुले गलत कार्य गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

मोहीको लगतसम्बन्धी अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरी भ्रष्टाचार गरेको र नक्कली मोही बनी बाँडफाँटका लागि निवेदन दिने नागेश्वर राउत कुर्मीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ