arrow

चुनाव लक्ष्यित अतिराष्ट्रवादी पेज हटाउँदै फेसबुक

logo
एजेन्सी,
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
facebook1.jpg

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले इटालीमा अतिराष्ट्रवादसँग सम्बन्धित पेजहरु हटाउने काम शुरु गरेको छ। फेसबुकले मुलुकको प्रमुख अतिराष्ट्रवादी २३ पेज हटाएको छ। जसमा २५ लाख फलोअर्स थिए। युरोपेली निर्वाचन आउन केही समय मात्र बाँकी रहेको अवस्थमा फेसबुकले यस्तो योजना ल्याएको हो। 

फेसबुकले हटाएका पेजको विषयमा विवादसमेत उत्पन्न भएको छ। विपक्षी पार्टीले गरेको रिपोर्टको आधारमा उक्त पेजहरु हटाइएको भन्दै आलोचना भएको छ। फेसबुकले भने उक्त पेजमा देखिएको आप्रवासी, खोप तथा अन्य कुनै निश्चित सप्रदायको बीचमा विभाजन ल्याउने किसिमकोले पेजलाई हटाइएको बताएको छ। 

साथै फेसबुकले अहिले शेयर भएका सामग्रीहरुको विषयमा पनि अनुसन्धान हुने बताएको छ। फेसबुकले लगातार गलत सूचना प्रवाह गर्ने पेजविरुद्ध यो कदम उठाइएको बताएको छ। साथै आगामी दिनमा यो क्रम जारी रहेको खण्डमा थप कदम चालिने फेसबुकले बताएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमाथि विभिन्न किसिमको आरोप लाग्ने गरेको छ। पर्याप्त संवेदनशीलता नअपनाउने गरेको आरोप लाग्ने गरेको छ। सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा रुसबाट भएको विज्ञापन रोक्न नसकेको भन्दै फेसबुकको आलोचना हुँदै आएको छ। त्यसयता फेसबुकले निर्वाचनको समयमा विश्वभर नै विशेष सजकता अपनाउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ