arrow

अपहरणपछि पाँच वर्ष बालकको हत्या

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
kidnap.jpg.jpeg
महेन्द्रनगर(धनुषा)। जनकपुरमा एक बालकको अपहरणपश्चात हत्या भएको छ। जनकपुर उपमहानगरपालिका–१९ बेँगाशिवपुरका मो असलम राईन कवारीका पाँच वर्षका छोरा मो असरफ राईनको अपहरणपश्चात हत्या भएको परिवारजनले जनाएको छ।
 
शनिबार बिहान १० बजे घरबाट खेल्ने क्रममा बेपत्ता भएका असरफको शव आइतबार बिहान घर नजिकैको गहुँ खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बालकको टाउकामा कुटपिट गरेको डाम पनि देखिएको प्रहरीले जनाएको छ।
 
बालक असरफका बुबा वैदेशिक रोजगारीको सिलसिलामा कतारमा गएका छन्। छोराको हत्या भएपछि आमा अपसना खातुन अचेत भएकी छन् भने बेंगाशिवपुर गाउँ शोकमा डुबेको छ।
 
बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ। फिरौतीका लागि नै बालकको हत्या भएको जस्तो नदेखिएको बताउँदै धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ