भावार्थ : भगवान रामचन्द्र सभामण्डलमध्ये रामचन्द्रलाई हनुमान एकदमै मन पर्दथ्यो । यही कारण सभा दुई धारमा विभाजित थियो । एउटा धार हनुमान पक्षका थिए भने अर्को भरत र लक्ष्मण पक्षका । एक दिन भरत पक्षीय धारका सेवकहरुले रामचन्द्रको सेवा गर्ने तालिका र पात्रहरु तय गरे । श्रीरामबाट टाढा राख्नको लागि उनीहरुले सो तालिकामा हनुमानको नाम भने कतै पनि समावेश गरेनन् ।
सो तालिका श्रीरामलाई पेश गरेपछि श्रीरामले पनि स्वीकृत त गरे । तर, त्यसमा हनुमानको नाम नभएपछि स्वयं हनुमानले श्रीराम सामु आफू केवल बलशाली मात्रै नभइ बुद्धिमान पनि रहेको बताए । श्रीरामको सेवामा सबै कामहरु सकिइसकेकोले हनुमानको नाम नसमेटिएको उल्लेख गरेपछि भने हनुमान झनै संकटमा परे
त्यसपछि उनले एउटा जुक्ति निकालेर भने भगवानको सेवामा अझै एउटा काम बाँकी छ । त्यो सुनेर लक्ष्मण आदि सेवकहरु चिन्तामा पर्न थाले । उनीहरुले के काम बाँकी छ भनेर कौतुहलतापूर्वक सोधे । त्यसपछि हनुमानले भगवानले आलस्य मानेर हाइ गर्दा चुड्की बजाउने काम बाँकी छ । म त्यही काम गर्छु ।
त्यसपछि लक्ष्मणादि सेवकहरुले प्रश्न गरे 'भगवानले कतिबेला हाइकाड्नुहुन्छ र तिमी चुड्की बजाउँछौ ?' त्यसपछि भगवान रामचन्द्रले स्वयं उत्तर दिए 'कहिले भोजनपछि हुनसक्छ कहिले शयनकालमा हुनसक्छ । त्यसको केही ठेगान हुँदैन । त्यसैले हनुमान सधैं मेरो साथमा नै रहन्छ । यति भनेपछि षड्यन्त्रपूर्वक हनुमानलाई रामचन्द्रबाट टाढा गराउन खोज्ने लक्ष्मणादि सेवकहरु चिन्तित हुँदै फर्किए ।