arrow

नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओलीको ४ बजे राष्ट्रपति सी जिङपिङसँग भेटघाट

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
KP-Oli.jpg.jpeg
बेइजिङ। प्रधानमन्त्री केपी ओलीको सातदिन लामो औपचारिक चीन भ्रमणको पहिलो दिन सोमवार राजधानी बेइजिङ भेटघाट व्यस्त छन्। विहान १०: ३० देखि १०: ४५ सम्म ग्रेट हल अफ दि पिपुलमा चीनका प्रधानमन्त्री लि खछयाङले आयोजना गरिएको कार्यक्रमकमा ओली र लि खछयाङ वीच आधि घण्टा औपचारिक छलफल भयो। त्यपछि  नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका छन्।
 
नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन्। चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ।  प्रधानमन्त्री ओलीले आज नै चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नेछन्। ४ बजे राष्ट्रपति सी जिङपिङसँग भेटघाटको कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ