arrow

चीनसंग भएको सम्झौताले एमाले नेता शंखर पोखरेल खुशीले गदगद

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
shankar-pokhrel-1.jpg.jpeg
काठमाडौ। नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको केही क्षणमा नै नेकपा एमालेका प्रभावशाली नता शंखर पोखरेलले फेसबुक मार्फत आफ्नो धारणा वक्त गरेका छन्। उनी लेख्छन् 'उत्तरी छिमेकी चिनसंग पारवाहन संझौता भएको छ। भूपरिवेष्ठितका नाममा देखिएको भारतवेष्ठित अवस्थाको अन्त्य भएको छ। वधाई छ, हामी सवै नेपालीलाई।'
 
नेपाल र चीनबीच पारवहन, पोखरा विमानस्थल देसख सुख्खा बन्दरगाह निर्माणसम्मका सम्झौता भएका छन्। नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन्। चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ।  प्रधानमन्त्री ओलीले आज नै चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नेछन्। ४ बजे राष्ट्रपति सी जिङपिङसँग भेटघाटको कार्यक्रम छ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ