arrow

कांग्रेसलाई सरकारमा ल्याउन एमालेलाई हतारो

‘शेरबहादुरजी सरकारमा आउनूस्’

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
MKNepal.jpg.jpeg
रुकुम। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुनुपर्ने बताएका छन्।
 
आज बिहान प्रेस चौतारी रुकुमले मुसिकोटमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारमा सहभागी हुन आग्रह गरे। “शेरबहादुरजी सरकारमा आउनूस्, सँगै हातेमालो गरौँ, विकास निर्माणलाई तीव्रता दिऔँ, सङ्घीयतालाई संस्थागत गरौँ, नमिलेका कुरालाई मिलाएर अगाडि बढौँ”, उनले भने।
 
पूर्वप्रधानमन्त्री नेपालले देशमा लोकतान्त्रिक संविधान आउन सफल भएको भन्दै अब संविधानको कार्यान्वयन गर्ने र विकासको नयाँ अभियान सुरु गर्ने जिम्मेवारी एमालेको काँधमा थपिएको बताए।
 
फरक प्रसङ्गमा वरिष्ठ नेता नेपालले कृषिमा आधुनिकीकरण गरेर देशको अर्थतन्त्रलाई बलियो बनाएर राष्ट्रलाई अल्पविकसितको सूचीबाट हटाई विकासशीलमा ल्याउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ