arrow

कुर्दिस्तान वर्कस् पार्टीका प्रतिनिधिलाई प्रचण्डले सुनाए आफ्नो युद्ध कहानी

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
Kurdish-party-member.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कुर्दिस्तान वर्कस् पार्टीका प्रतिनिधिले भेटेका छन् । विश्व महिला सम्मेलनको सिलसिलामा नेपाल आएको वर्कस् प्रतिनिधि मण्डलले कुर्दिस्तान सरकारले त्यहाँका जनतालाई गरेका अन्याय, अत्याचार र जनताको प्रतिरोध संघर्षको बारे अध्यक्ष दाहाललाई सुनायो । 
 
अध्यक्ष दाहालले नेपालमा संघर्ष पश्चात जनताले आफैंले संविधान बनाएको, महिला, दलित मुश्लिम, मधेसी जनजाति लगायत उत्पीडित समुदायको हक अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी लागि परेको पनि बताए । दाहालले आफुहरुले गरेको युद्ध संघर्षबारे समेत उनीहरुलाई सुनाए । 
 
भेटका क्रमा कुर्दिस वर्कस् पार्टीका प्रतिनिधिले नेपालमा माओवादी आन्दोलन आफ्नो देशका लागि प्रेरणाको स्रोत भएको र संघर्षका अनुभवहरु एकआपसमा साटासाट गर्न सकिने बताए । उनीहरुले काठमाडौंमा हालै सम्पन्न विश्व महिला सम्मेलनले जारी गरेको काठमाडौं घोषणा पत्रका बारेमा व्याख्या गरे ।
 
यद्यपि, दाहाल शुक्रबार साँझ मात्रै युद्ध कालिन मुद्दा सामान्य तवरले अदालतबाटै हेर्न भएको निर्णय गम्भीर रहेको भन्दै माओवादी विचारधाराका सबै पार्टी प्रमुखहरुलाई लिएर प्रधानमन्त्री केपी ओलीको कार्यालय पुगेका थिए । माओवादी नेताहरुले ओलीलाई युद्धकालिन सबै मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुंगोलगाउनु पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । द्वन्द्वकालिन मुद्दाले माओवादी नेताहरुलाई निकै अफ्ठेरोमा पारेको छ । कुर्दिस वर्कस् पार्टीकाे प्रतिनिधिमण्डल बुधवार स्वदेश फर्कने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ