arrow

ड्रोन आक्रमणमा आठ आइएस मारिएको दाबी

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
Drone-attack.jpg.jpeg

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको  ड्रोन (मानवरहित विमान)  कारबाहीमा फरी कम्तीमा आठ आतंकारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ ।
 
खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स (आइएस) आतंकारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

मारिएका यी आइएस आतंकारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन् । तर  यस कारबाहीमा सर्वसाधारणलाइ भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

 अफगानिस्तानको राजधानी काबुलबाट १  सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतंकारी समूह र सुरक्षाबलबीच झडप भईरहने गरेको छ ।  

 हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारबाही जारी रहेको छ ।  

 जारी विज्ञप्तिका अनुसार आतंकारी समूहले भने यस कारबाहीको विषयमा  कुनै टिप्पणी गरेका छैनन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ