arrow

आफ्नै सहकर्मीले गरे हवाई कारबाही, १७ प्रहरी मारिए

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
india-fighter-plane.jpg

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

 आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ ।

प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार राति अज्ञात सङ्ख्यामा आएका सशस्क्र तालिबान लडाकू समूहले बन्दुक,रकेट आत्रमण गरेको ऊक्त स्थानीय स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ ।

 आत्रमणकारी गरेको आक्रमणमा प्रहरी सहयोगको लागि राजमार्गका प्रहरी कमाण्डर हाजी हबिबको नेतृत्वमा सो इलाकामा पुगेका प्रहरीको समूह हवाई कारबाहीका परेका थिए  । यस कारबाहीमा हबिबको समेत मृत्यु झएको बताइएको छ ।

अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको हवाई कारबाहीको त्रममा सो घटना भएको बताइएको छ । यस विषयमा कुनै औपचारिक विज्ञप्ति प्राप्त नभएको र विस्तृत विवरण पनि हाल प्राप्त भएको छैन् ।

 यसअघि पनि गत फेब्रुअरी २६ मा घाज्नी प्राप्तमा भएको हवाई आक्रमणमा सरकार समर्थक आठ नागरिक सेनाका सदस्य मारिनुको साथै अन्य चार घाइते भएको थिए ।

हेलमान्ड तालिबान लडाकू समूहको बलियो पकड रहेको प्रान्तको रुपमा रहेको छ । हालका दिनमा अफगानिस्तानका तालिबान लडाकू र अन्य आतङ्ककारी समूहका आक्रमणमा परी सुरक्षा अधिकारीहरुको हताहत बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ