arrow

भारतमा विपक्षी गठबन्धनको तर्फबाट नयाँ प्रधानमन्त्री को ? चर्चा यस्तो चल्दैछ 

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
loksabha8.jpg

काठमाडौं । भारतमा चलिरहेको लोकसभाको चुनाव अन्त्योन्मुख छ । ७ चरणमा चलिरहेको चुनावको अन्तिम चरण आईतबार हुँदैछ । त्यसपछि यही महिनाको २३ तारिकका दिन भारतले नयाँ सत्ता सञ्चालक पार्टीको पहिचान गर्दैछ भने यसले सिंगो भारत मात्रै नभई भू राजनीतिक महत्वका कारण नेपाल र विश्वका शक्ति राष्ट्रहरुमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ । 

भारतीय काँग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले बिहीबार पार्टीको एकमात्र उद्देश्य एनडीएको केन्द्रमा एकपटक फेरि सरकार गठनबाट रोक्नु रहेको बताएका थिए । आजादले विहीबार भनेका थिए, 'हामीले पहिले पनि आफ्नो स्ट्याण्ड क्लियर गरिसकेका छौं। यदि कांग्रेसको पक्षमा सहमति बन्छ भने हामी नेतृत्व स्वीकार गर्दछौं ।  तर, हाम्रो लक्ष्य सधैंभरी एनडीएको सरकारलाई सत्तामा फेरि जान नदिनु नै हो । हामी सर्वसम्मतिबाट गरिएको फैसलाको साथमा जानेछौं ।' कांग्रेस नेता आजादले दिएको यो अभिव्यक्तिको संकेत यो हो कि पार्टी आम चुनावको नतिजालाई लिएर त्यस्तो उत्साहित छैन । उनीहरुको सबै बल नै भारजपालाई सरकारमा जान रोक्नु नै भएकेले त्यसको लागि गठबन्धनमा जस्तो सुकै त्याग गर्न पनि सक्ने समेत उनले बताएका थिए । 

त्यस्तै, कांग्रेसका महासचिवले एक कार्यक्रममा बताएका थिए, 'जबसम्म हामी प्रधानमन्त्रीको पदको लागि कसैको पनि नाम सार्वजनिक गरिएको छैन । हामी पछि जो कोहीलाई पनि यसको जिम्मेवारी दिन सक्छौं।' मंगलबार मात्रै सत्तारुढ दल भाजपाका नेता एवं गृहमन्त्री राजनाथ सिंहले विपक्षलाई यदि चुनाव जित्ने विश्वास छ भने प्रधानमन्त्रीका उम्मेदवार उठाएर देखाउन चुनौति दिएका थिए । 

कपिल सिब्बलले भनेका थिए, कांग्रेसलाई मिल्दैन बहुमत 
बिहीबार कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले भनेका थिए उनको पार्टीलाई बहुमत आउने चान्स नै छैन । एक इन्टरभ्यूमा कांग्रेस नेताले भनेका थिए कि कांग्रेसलाई आफ्नो दममा बहुमत मिल्ने चान्स नै छैन । तर, कांग्रेसको नेतृत्व रहेको यूपीए गठबन्धनको सरकार बन्नसक्छ। यति मात्रै होइन कपिल सिब्बलले भने कि यदि कांग्रेसलाई आम चुनावमा २७२ सीट मिल्यो भने मात्रै काँग्रेसले राहुल गान्धीलाई प्रधानमन्त्रीको लागि उम्मेदवार बनाउनु पर्दछ । 

अहिले यूपीएमा आबद्ध दलहरु भित्र पनि प्रधानमन्त्री बन्नको लागि हानाथाप सुरु भएको छ । काँग्रेसले चुनावको नतिजा नआएसम्म कुनैपनि उम्मेदवार उठाएको छैन । यस्तो अवस्थामा विपक्षबाट प्रधानमन्त्रीको उम्मेदवार अझैपनि चयन नभईसकेको अवस्था छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ