arrow

एक दिन अघी नै कुन कुन नेतालाई लाग्यो फागु?

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
prachanda-holi-lazimpat.jpg.jpeg
काठमाडौं। नेपालीहरुको प्रिय चाड फागु अर्थात होली नेपालमा पहाडी समुदायमा अघील्लो दिन र तराईमा भोलिपल्ट मनाइन्छ। काठमाडौंको हनुमानढोकामा एक हप्ता अघीनै चीर गाडेर होली आएको संकेत गरिन्छ। फागुपूर्णीमाको दिन रुङ र पानी हालेर सद्भाव साटासाट गरेर मनाइने फागु अहिले केहिदिनअघी देखिनै लाग्ने गरेको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई केहि दिन अघी देखि फागु लाग्ने गरेको अब नेताहरुलाई पनि केहि दिन अघी देखिनै फागुको रौनकले छुन थालेको छ। 
 
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डको निवास लाजिम्पाटमा सोमबार अबिर एकअर्कालाई दलेर यस वर्षको फागु मनाइएको छ। होलीको अघिल्लो दिन सोमबार प्रचण्ड निवासमा पार्टीका सुदुरपश्चिमका कार्यकर्ताहरु जम्मा भएर होली मनाए। मंगलबार पहाडी क्षेत्र र बुधबार तराई क्षेत्रमा होली लाजिम्पाटस्थित प्रचण्डको निवासमा होली पर्व मनाइदा कार्यकर्ताको माझमा प्रचण्ड पत्नि सीता पौडेलको साथमा डेउडा खेल्दै नाचेका थिए। उनले कार्यकर्ता सहित सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।
 
प्रचण्ड काठमाडौंमा फागुमा रङगिदा काँग्रेसका नेताहरु पूर्वी नेपालमा फागुमा रङगिएका छन्। तराइमा बुधवार मात्र फागु खेलिने भएपनि सुनसरीमा काँग्रेस नेताहरु सोमबार नै रङगिए। कार्यकर्ताहरुमाझ खुसी साट्न फागु भन्दा उपयुक्त समय के हुन सक्छ। त्यसमा पनि यो पटक महाधिवशेनबाट जितेका काँग्रेसका केन्द्रीय नेताहरुसँग फागु खेल्न पाएपछि स्थानिय कार्यकर्ताहरु पनि दंग पर्नु स्वभाविकै थियो। 
 
काँग्रेस नेतृ सुजाता कोइराला सुनसरीमा कार्यकर्ताहरुसँग रङगिएकी पाइन। कोइरालासँग अर्का काग्रेसी नेता मिन विश्वकर्मा पनि रातै भएर कार्यकर्तामाझ भेटिए। उनीहरुले एक अर्कामा शुभकामना साँटासाट पनि गरेका थिए। फागुको अवसरमा नेताहरुलाई अविर लगाएरै शुभकामना दिएका कार्यकर्ताहरुलाई नेताहरुले पनि शुभकामना दिएका थिए। 
 
झापामा काँग्रेस नेताद्धय विश्वप्रकाश शर्मा र सरिता प्रसाईलाई अविरले स्वागत गर्दै महाधिवेशनमा जितेकामा वधाई दिने कार्यक्रम झापका स्थानिय नेता कार्यकर्ताहरुले बनाएका छन्। कतिपय नेताहरुले मंगलवार र बुधवारलाई फागु मनाउने आफ्नो तालिका बनाएका छन् । उनीहरुले परिवारसँग साथीभाई र कार्यकर्ताहरुसँग फागु मनाउने तयारी गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ