arrow

नारायणगढ–मुग्लिन सडकका पुल वर्षातअघि नै

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणहुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार दासढुङ्गा, खानी र मौरी खोलाको पुलको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ । दासढुङ्गाको १५ मिटर, खानीको २५ मिटर र मौरीको पुल १५ मिटर लामो रहेको छ । तीन वटै पुलको ढलान कार्यसम्पन्न भएको उनले बताए ।

 ती पुलबाट सडक जोड्ने ठाउँमा कालोपत्रे, रेलिङ् र रङ्ग रोगनका काम मात्र बाँकी रहेका छन् । खनालले अगष्ट सम्ममा सक्नुपर्ने सो पुल जुलाईमानै सकिने गरी काम भएको जानकारी दिए।

लामा कन्ट्रक्सनले रु १३ करोड ६६ लाखमा बोलपत्र सकार गरी काम गरेको हो । विसं २०७४ को कात्तिकबाट पुल निर्माणको काम शुरु भएको थियो । सङ्गै ठेक्का लागेको जलबिरे खोलाको ८० मिटर लामो पुल भने ४८ प्रतिशत मात्र काम भएको छ । पुलको दुई तर्फको पिल्लर उठेको खनालले बताए ।

वर्षातको समयमा काम गर्न कठिन हुने भएकाले ‘सेन्टिङ्’ गरेर ढलान गर्ने काम वर्षातपछि हुनसक्ने देखिएको छ । सो पुल रौताहा कन्ट्रक्सनले रु १४ करोडमा आउँदो डिसेम्बरसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का दिइएको थियो । ती पुल ११ मिटर चौडाइका रहेका छन् । अन्य पुल पनि ठेक्का दिने प्रक्रियामा रहेकाछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ