arrow

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
nepal-oil-corp.jpeg

काठमाडौं। नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ। 

हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उनले बताए। समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ