arrow

‘ओली सरकारको आयु बढीमा एक महिना’

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
kp-oli.jpg.jpeg
काठमाडौं । धर्मनिरपेक्ष र गणतन्त्रसहितको नयाँ संविधान जारी भएसंगै पछिल्लो समय हिन्दुवादी विभिन्न संघ संगठनहरु सक्रिय भएका छन् । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने पार्टी देखि विभिन्न संघ संगठनहरु संविधान संशोधनमा धर्म निरपेक्ष र गणतन्त्रलाई पुनःविचार गर्नुपर्ने माग गरिरहेका छन् । 
 
यस्तै, देशको समसामयीक विषयलाई लिएर सरकारको कार्यशैलीको समेत टिका टिप्पणी भइरहेकै छन् । आइतबार मात्रै गणतान्त्रिक मुलुक चीनको आठ दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको विषयलाई लिएर समेत विभिन्न टिका टिप्पणी भइरहेका छन् । यसअघि, भूकम्पको पीडा, नाकावन्दीले निम्त्याएको अभाव र मधेस आन्दोलनको मागलाई वेवास्ता गर्दै भारत भ्रमण गरेको भन्दै आलोचित ओलीको चीन भ्रमणलाई समेत विभिन्न संघसंगठनहरुले व्यङग्य गरेका छन् । 
हिन्दु युवा जनशक्ति संघ नेपालले समेत सोमबार एक वक्तव्य जारी गर्दै ओली भ्रमणबारे टिप्पणी गरेको छ । संघका अध्यक्ष विकास ठाकुरले जारी गरेको वक्तव्यमा ओली सरकारको आयु बढीमा एक महिना हुने भन्दै ओली सरकारको विकल्प खोज्नु अहिलेको आवश्यकता हो भनेका छन् । 
 
विज्ञप्तीमा भनिएको छ, ‘मधेश आन्दोलनको कारणले बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सुर्धानुको साटो केपी ओली नेतृत्वको सरकारले भारतलाई चिढाएर चीनसंग केही महत्वपूर्ण सम्झौता गरेका छन् । मधेशको जायज माग सम्बोधन गर्न नसक्नु, वर्षौ देखीको नेपाल–भारत समबन्ध बिग्रिएपछी सुधार्न नसक्नु र भारतको बिकल्प खोजेर आफुलाई राम्रो सावित गर्न प्रयास गर्ने ओली सरकार नपुंसक सरकार हो ।’ यस्तै, विज्ञप्तीमा यस्तो सरकारले देशलाई कहिल्यै निकाश दिन सक्दैन । नपुंसकहरुले देशलाई समृद्ध बनाउन सक्दैन । तसर्थ ओली सरकारको विकल्प खोज्नु अहिलेको आवश्यकता भएको छ –भनिएको छ ।’ ठाकुरले विज्ञप्तीमा भनेका छन्, ‘म बिश्वस्त छु कि ओली सरकारको आयु अब बढीमा एक महिनाको हुनेछ ।’ ओलीसरकाप्रति मधेसको रोस त छ नै, सरकार परिवर्तन सम्मको टिप्पणी हुन थालेका छन् । आइतबारै ओली बेइजिङ्ग उड्दा नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले ओलीको भ्रमण शैली ज्यादतीपूर्ण र अशोभनीय भन्दै कटाक्ष गरेका थिए ।
 
वक्तव्यको पाठ 
मधेश आन्दोलनको कारणले बिग्रिएको नेपाल–भारत समबन्धलाई सुर्धानुको साटो केपी ओली नेतृत्वको सरकारले भारतलाई चिढाएर चीनसंग केही महत्वपुर्ण सम्झौता गरेका छन् । मधेशको जायज माग सम्बोधन गर्न नसक्नु, वर्षौ देखीको नेपाल(भारत समबन्ध बिग्रिएपछी सुधार्न नसक्नु र भारतको बिकल्प खोजेर आफुलाई राम्रो साबित गर्न प्रयास गर्ने ओली सरकार नपुंसक सरकार हो । नपुंसकहरुले देशलाई कहिल्यै निकाश दिन सक्दैन । नपुंसकहरुले देशलाई समृद्ध बनाउन सक्दैन । तसर्थ ओली सरकारको बिकल्प खोज्नु अहिलेको आवश्यकता भएको छ । र, म बिश्वस्त छु कि ओली सरकारको आयु अब बढीमा एक महिनाको हुनेछ ।
अध्यक्ष 
विकास ठाकुर 
हिन्दु युवा जनशक्ति संघ, नेपाल 
नयाँबानेश्वर, काठमाडौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ