arrow

भारतीय प्रधानमन्त्री मोदी शिवको शरणमा, केदारनाथमा गरे तपस्या

logo
प्रकाशित २०७६ जेठ ४ शनिबार
modi-tapasya.jpeg

काठमाडौं । लोकसभा चुनावमा व्यापक प्रचार पछि प्रधानमन्त्री नरेन्द्र मोदी भगवान शिवको शरणमा केदारनाथ पुगेका छन् । मन्दिर परिसरमा केदारनाथ तीर्थ पुरोहितहरुले उनको स्वागत गरेका थिए । त्यसपछि उनले भगवान शिवको पूजा अर्चना र रूद्राभिषेकको लागि मन्दिरको गर्भगृहमा पुगे । करिब आधा घण्टा चलेको यस पूजापछि प्रधानमन्त्रीले मन्दिरको परिक्रमा समेत गरेका थिए । उनले त्यहाँ नै श्रद्धालुहरुलाई अभिवादन समेत गरेका थिए । 

केदारनाथ मन्दिर दर्शनपछि प्रधानमन्त्री मोदीले त्यहाँ चलिरहेको पुनर्निर्माण कार्यको समीक्षा समेत गरेका थिए । त्यसपछि प्रधानमन्त्री केदारनाथ गुफामा ध्यानमा बसेका थिए । आइतबार उनी बद्रीनाथ जाने भएका छन् । प्रदेशका प्रहरी महानिर्देशक (कानून र व्यवस्था) अशोक कुमारले प्रधानमन्त्रीको सुरक्षामा मद्देनजर गरी कडा सुरक्षा व्यवस्था अपनाइएको बताएका छन् । 

प्रधानमन्त्री यहाँ हेलिकप्टरबाट उत्रेका हुन् । उनले स्लेटी रंगको पहाडी पहिरन र पहाडी टोपी पनि लगाएका थिए । उनले कमरमा केसरीको गमछा बाँधेका थिए । हेलिप्याडबाट मन्दिर पुगेका उनी बाटोबाट श्रद्धालुहरु र स्थानीय जनतासँग हात मिलाउँदै अभिवादन गरेका थिए । बीजेपी प्रदेश अध्यक्ष अजय भट्टका अनुसार मोदीको आगमनबाट उत्तराखण्डको जनता र पार्टी एकदमै उत्साहित भएको बताए । 

जीतको लागि मागे आशीर्वाद 
प्रधानमन्त्रीको यस्तो भ्रमणको पूरै तात्पर्य आध्यात्मिक थियो । मोदीको यो यात्राका बीच १९ मेका दिन भारतमा अन्तिम चरणको चुनाव हुँदैछ । यस चरणमा मोदीको संसदीय सीट वाराणसी समेत सामेल छ । जहाँबाट पछिल्लो चरणमा उनी ठूलो अन्तरले चुनाव जितेका थिए । यसका अलावा २३ मेको दिन आउनेवाला नतिजाभन्दा पहिले पीएमको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । 

गुफामा ध्यान
गुरुडचट्टीमा साधना पछि यो पहिलो मौका हो जतिबेला मोदी केदारनाथमा ध्यानमा बसेका थिए । ११ औं ज्योर्तिलिङ्ग केदारनाथ धामको ऊचाई समुद्र सतहदेखि ११ हजार ७०० फीट छ । जबकि मन्दिर परिसरबाट डेढ किमी टाढा बनेको ध्यान गुफाको ऊचाई करिब १२२५० फीट छ । २०१७ सालमा कपाट खुलेको बेलामा पीएम मोदीले प्रथम भक्तको रुपमा बाबा केदारको दर्शन गरेर रुद्राभिषेक गरेका थिए । त्यसपछि यो चौथो पटक उनी केदारनाथ पुगेका हुन् । 

PM narendra Modi visited Kedarnath, Meditates In Cave



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ