arrow

‘आफू मरेर यात्रु बचाउने’ विमान चालकको शालिक राखिने

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
capt-co-pilot-plane-1000x0.jpg.jpeg
बाँके (खजुरा) । कालीकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको सम्मानमा बाँके राँझा चोकमा शालिक राख्न पहल थालिएको छ । एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा शालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको हो । 
 
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुवै जनाको शालिक स्थापना गर्न सिफारिस गरेको हो । नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनएजेभी जहाज कालीकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो । 
 
जहाजमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्ने क्रममा नेपालगन्ज १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भई काठमाडौँमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो । जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो । 



नयाँ