arrow

नतिजा आउनु भन्दा पहिले नै भारतमा विपक्षी गठबन्धनको दौडधुप, कसले कसलाई भेटे ?

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
loksabha4.jpg

नयाँ दिल्ली । लोकसभा चुनावको अन्तिम चरणमा ७ राज्यको ५९ सीटमा आज भोटिङ चलिरहेको छ । तर, यसैबीच विपक्षी दलहरु सम्भावित समीकरणलाई लिएर गोलबन्दीमा जुटेका छन् । आन्ध्र प्रदेशका सीएम चन्द्रबाबु नायडू नतिजाभन्दा अघि नै बढी सक्रिय भएका छन् । नतीजापछि गठबन्धनको स्थितिलाई लिएर उनीहरुले आइतबार पनि कांग्रेस अध्यक्ष राहुल गान्धी र एनसीपीका मुखिया शरद पवारसँग भेटघाट गरेका छन् । पछिल्लो २४ घण्टामा दुबै दिग्गज नेताहरुसँग उनको यो दोस्रो भेटघाट हो । त्यसपछि उनले वामपन्थी दल सीपीएमका महासचिव सीताराम येचुरीसँग पनि भेटघाट गरेका छन् । यति मात्रै होइन आइतबार साँझ यूपीएका अध्यक्ष सोनिया गान्धीसँग समेत उनले भेटघाट गर्दैछन् । 

यो भन्दा पहिले शनिवार पनि चन्द्रबाबू नायडूको राहुल, शरद पवारका अलावा एसपी प्रमुख अखिलेश यादव र बीएसपी सुप्रीमो मायावतीसँग पनि भेटघाट भएको थियो । पछिल्लो दिन कांग्रेसको तर्फबाट बीजेपीलाई हटाउनको लागि प्रधानमन्त्री पद समेत त्याग गर्न सक्ने भन्ने बयानका कारण सरकारलाई लिएर अड्कलबाजी चलिरहेको छ । बीजेपीको बहुमतबाट टाढा राख्नको लागि र कांग्रेसको सीटको आँकडा कम भएको अवस्थामा कुनैपनि क्षेत्रीय दलका नेताले नेतृत्वमा यूपीएको गठबन्धन सरकारको गठन गर्ने कोशिष चलिरहेको छ। 

अट्कलबाजीबारे बोले शरद पवार, सबैजना २३ मेको इन्तजार 
यस बीच एनसीपी चीफ शरद पवारले गठबन्धनबारेको सवालमा भनेका छन् कि सबै दलहरु २३ मेको प्रतीक्षामा छन् । नतिजा आएपछि हामीहरु स्पष्ट रूपबाट केही भन्न सकिन्छ । पछिल्लो दिनमा कांग्रेस महासचिव गुलाम नबी आजादले भनेका थिए कि उनको पार्टी पीएम पद विना पनि  विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्न सकिन्छ । यद्यपि उनले पछि कांग्रेसले कहिलै पनि पीएम पदको त्याग गर्नेबारे बोलेको कुरा सच्याएका थिए । उनले पछि आफूहरु सबैभन्दा ठूलो दलको रूपमा उदाउने दाबी गरे।  

सोनियाले २३ तारिकमा बोलाइन् २१ दलको मिटिङ्ग 
बीजेपीको बहुमत न मिलेको स्थितिमा सम्भावित गठबन्धनबारे चर्चाको लागि सोनिया गान्धीले २३ मेका दिन २१ दलको बैठक बोलाएकि छिन् । यूपीएको अध्यक्ष सोनिया गान्धी अहिले सक्रिय भइरहेका छन् । उनले नै यो गठबन्धनको लागि प्रयास गर्न गरिरहेकी छिन् । कांग्रेसका अध्यक्ष पदमा राहुल गान्धी आएपछि यूपीएको समन्वयको जिम्मा सम्हालिरहेकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ