arrow

नेपाल–भारत बोर्डर शील

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
boafer-seal.jpg

लुम्बिनी । भारतमा भइरहेको निर्वाचनको कारण नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले बोर्डर शील गरेको छ ।  

भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर शुक्रबारदेखि तीन दिनसम्म रुपन्देहीको बेलहिया सुनौली नाका बन्द भएको हो ।

बोर्डर शीलको कारण  सुनौली नाकाबाट पनि कुनै मानिस तथा सवारीसाधन नेपाल–भारत आवतजावत गरेका छ्रैनन् । ग्यास, एम्बुलेन्स, पेट्रोलका गाडीबाहेक अन्य सवारीसाधन रोकिएको छ ।

करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा आइतबार निर्वाचनको अन्तिम दिन हो । भारतको सो जिल्लासँग बेलहिया सुनौली नाका जोडिएको छ ।
 
त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द भएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ