arrow

दुई पाङ्ग्रेलाई फेरि झण्झट, दुबैलाई अनिवार्य हेल्मेटको प्रस्ताव

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
double-helmet.jpg

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुईपांग्रे सवारीमा यात्रा गर्ने दुबैजनाले अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रावधानको प्रस्ताव गरेको छ । केही वर्ष अघिसम्म यही व्यवस्था रहेको काठमाडौंमा अहिलेसम्म चालकले मात्रै हेल्मेट लगाउनुपर्ने प्रावधान रहेको थियो । तर, अब संशोधन हुन लागेको सवारी ऐनमा दुबै जनाले हेल्मेट लगाउनै पर्ने प्रावधान प्रस्ताव गरिएको हो । 

आईतबार ट्राफिक प्रहरी महाशाखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले नयाँ ऐनमा यस्तो प्रस्ताव गरिएको जानकारी दिए । उनले यसरी दुबै जनालाई हेल्मेट अनिवार्य गरिँदा उपत्यकामा दूर्घटना धेरै कम हुने दाबी गरे । उनले हेल्मेट पनि आईएसओ मान्यताप्राप्त खालको विक्री गर्नुपर्ने प्रावधान पनि प्रस्ताव गरिएको जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै पन्तले उपत्यकामा सवारी चाप ब्यबस्थित गर्नको लागि यो असार महिना भित्रै मोबाइल एप प्रयोगमा ल्याउने बताएका छन् । जसले गर्दा सवारी चालकहरुलाई कहाँ जाम छ र कहाँ खाली छ भन्नेबारेमा जानकारी मिल्न सक्ने उनले बताए । त्यस्तै केही समयमा नै अनलाईन पेमेन्ट सिस्टम समेत सुरु गर्ने उनले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ