arrow

बर्दिया पुगेका बेलायती राजकुमारलाई छुट्टा छुट्टै स्वाद

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
5.jpg.jpeg
बर्दिया। बेलायतका राजकुमार हेनरि चार्ल्स अल्बर्ट डेभिड 'ह्यारी' बर्दिया राष्ट्रिय निकुन्ज को भ्रमणमा सोमबार बिहान ९:१९ मिनेटमा ठाकुरद्धारा पुगे। बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारी गैंडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गरे। त्यसपछि झन्डै आधा घन्टा जङ्गलमा पैदलयात्रा गरे। 
 
राजकुमार ह्यारी पैदल जङ्गल अवलोकनलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो। आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उनी खुसीले दङ्ग भए। त्यसपछि उनी पश्चिम नेपालको चर्चित होमस्टे डल्ला पुगे।
 
जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गर्नुरेका थिए। हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए । 
डल्लामा ह्यारीलाई  थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले उपहारस्वरुप प्रदान गरेको टोपी, स्टकोट र काँधमा रुमालमा उनी सजिए। त्यसपछि निकुन्जको मुख्यालय फर्केका उनी रणोशार दल गण पसेर बाघ संरक्षण, मोनिटरिङको बारेमा जानकारी लिए। १ बजे हेलिकोप्टरबाट लमजुङका लागि उनी प्रस्थान गरेका छन्।
 
पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आएका हुन्। राजधानीमा व्यस्त कार्यक्रमका बीच राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका राजकुमार ह्यारी नेपाल सरकारका तर्फबाट आयोजित स्वागत समारोहमा सहभागी भएका थिए। उनले भक्तपुर र पाटनका ऐतिहासिक, पुरातात्विक महत्वका भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको भ्रमण गरी त्यहाँ भइरहेको पुनःनिर्माणका कार्यबारे जानकारी लिए। 
 
आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन्। पर्वतीय पदयात्राका सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ