arrow

भारतमा एक्जिट पोल : तीन राज्यमा विजेपीको दुईतिहाइ माथि 

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
bjp.jpeg

काठमाडौं । भारतमा १७ ‌औं लोकसभा चुनावको एक्जिट पोल सार्वजनिक भएको छ । आइतबार साँझ ५ बजे चुनाव सकिएसँगै आजतकले सार्वजनिक गरेको एक्जिट पोलमा राजस्थान र छत्तिसगढमा पनि भाजपा अगाडि देखिएको छ । आजतकका अनुसार राजस्थानमा एनडीए २३ देखि २५ र यूपीएको ० देखि २ सिट आउने आकलन गरिएको छ । छत्तिसगढमा कूल ११ सिट मध्ये एनडीएको ७ देखि ८ र युपीएको २ देखि ३ सिट आउने देखिएको छ ।  मध्य प्रदेश, छत्तिसगढ र राजस्थानको कूल ६५ सिटमा एनडीए ५६ देखि ६१, युपीए ४ देखि ९ सिटमा विजयी हुने आकलन गरिएको छ । 

मध्य प्रदेशमा कूल २९ सिट मध्ये २६ देखि २८ सिटसम्म भाजपाले जित्ने दाबी गरिएको छ । आजतकले देशभरका ८ लाख मानिससँग सोधपुछ गरेको थियो । यस अघि विधानसभाको चुनावमा मध्येप्रदेशमा काँग्रेसले चुनाव जितेको थियो । आईतबार सातौं चरणको निर्वाचन सम्पन्न भएसँगै भारतका विभिन्न सञ्चारमाध्यमहरुले एक्जिटपोल सार्वजनिक गर्न सुरु गरिसकेका छन् । नतिजा भन्दा पहिले अन्तिम चरणको भोटिङ सकिएपछि विभिन्न एजेन्सीहरुले तयार पारेको एक्जित पोल सार्वजनिक गरिएको हो । आधिकारिक नतिजा भन्दा पहिले आउने यो एक्जिट पोलले भारतको चुनावको नतिजाको पूर्व आकलन गर्नेछ । 

पछिल्ला चुनावहरुमा कुन् कुन् एक्जिटपोल सहि सावित भएका थिए ?
अघिल्लो लोकसभाको चुनावको क्रममा तयार पारिएको एग्जिट पोललाई आधार मान्ने हो भने धेरैको अनुमान सहि भएको थियो । तर, अघिल्लो चुनाव र यो चुनावमा केही अन्तर रहेकोले पनि यो चुनावमा कसको नतिजाबारे जानकारी आउन सक्छ ? त्यो भने हेर्न बाँकी नै छ । अघिल्लो चुनावको समयमा अधिकांश एग्जिट पोल्समा बीजेपीको अघुवाईमा एनडीएको सरकार बन्ने बताईएको थियो । 

अघिल्लो लोकसभा चुनावको दौरानमा एग्जिट पोल्सको अनुमान मिलाउनेहरु मध्ये त्यस भन्दा अघि पनि २ वटा आम चुनावमा केही संस्थाहरुले एक्जिटपोलमा नतिजाको हाराहारी अनुमान गरेका थिए । यद्यपि २००४ सालमा भने धेरै एक्जिटपोलहरु फेल खाएका थिए । सो समय अटल बिहारी वाजपेयीको नेतृत्वमा एनडीए सरकारको फेरि सत्तामा पुनरागमन हुने भविष्यवाणि गरिएको थियो । तर, त्यसको ठीक उल्टो मनमोहन सिंह नेतृत्वमा सरकार बन्यो । 

२००४ पछिको २००९ को चुनावमा पनि एग्जिट पोल्स फेल भएको थियो । ज्यादातर एग्जिट पोल्समा सो समयमा पनि यूपीएलाई एनडीएको भन्दा धेरै मत आउने त उल्लेख गरिएको थियो । तर, कसैले पनि काँग्रेस एक्लैले २०० भन्दा बढी सिट ल्याउने अनुमान गरेका थिएनन् । परिणाम घोषित भएपछि काँग्रेस एक्लैले २०६ सिट जितेको थियो । 

त्यस्तै २०१५ को विहारमा भएको विधान सभा चुनावको समयमा पनि एग्जिट पोल्सले सही अनुमान लगाउन सकेनन् । सबै एग्जिट पोल्समा बीजेपीलाई जेडीयू(आरजेडी गठबन्धनको भन्दा बढी सिट आउने उल्लेख गरिएको थियो । तर, परिणाममा भने विजेपी ५८ सिटमा मात्रै सीमित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ