भारतमा मोदीको फेरि बहुमत आकलन, ३०० सिट कटाउने दाबी
प्रकाशित २०७६ जेठ ५ आइतबार
617
Shares
काठमाडौं। लोकसभा चुनावको एक्जिट पोल अनुसार भारतको कूल ५४२ सिट मध्ये अहिले सरकारको नेतृत्व गरिरहेको एनडीए गठबन्धनले ३०६ सिट जित्ने आकलन गरेको छ । टाइम्स अफ इण्डियाको चुनावी आकलन अनुसार देशभरमा कूल ३०६ सिट जित्ने दाबी गरिएको छ। सो आकलव अनुसार युपीए १३२ र अन्य पार्टीहरुले कूल १०४ सिट जित्ने आकलन गरिएको छ।
एनडीटीभीको विवरण अनुसार कूल ५४२ मध्ये ३०२ एनडीए, १२८ यूपीए र ११२ अन्य दलको आकलन गरिएको छ । मोदीले २४ घण्टा बन्द गराएपछि एनडीटीभी एनडीएको खरो आलोचकको रुपमा देखिएको सञ्चार माध्यम हो ।
आइतबार भारतीय न्युज च्यानल एविपीले गरेको एक्जिटपोलमा कूल ८० सिट रहेको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको २२ सिट मात्रै आउने देखिएको छ । एसपी र विएसपीको गठबन्धनको ५६ सिट आउने आकलन गरिएको छ । काँग्रेसको भने जम्मा २ सिट आउने भएको छ ।
o; cl3 आइतबार साँझ ५ बजे चुनाव सकिएसँगै आजतकले सार्वजनिक गरेको एक्जिट पोलमा राजस्थान र छत्तिसगढमा पनि भाजपा अगाडि देखिएको छ । आजतकका अनुसार राजस्थानमा एनडीए २३ देखि २५ र यूपीएको ० देखि २ सिट आउने आकलन गरिएको छ । छत्तिसगढमा कूल ११ सिट मध्ये एनडीएको ७ देखि ८ र युपीएको २ देखि ३ सिट आउने देखिएको छ । मध्य प्रदेश, छत्तिसगढ र राजस्थानको कूल ६५ सिटमा एनडीए ५६ देखि ६१, युपीए ४ देखि ९ सिटमा विजयी हुने आकलन गरिएको छ ।
मध्य प्रदेशमा कूल २९ सिट मध्ये २६ देखि २८ सिटसम्म भाजपाले जित्ने दाबी गरिएको छ । आजतकले देशभरका ८ लाख मानिससँग सोधपुछ गरेको थियो । यस अघि विधानसभाको चुनावमा मध्येप्रदेशमा काँग्रेसले चुनाव जितेको थियो । आईतबार सातौं चरणको निर्वाचन सम्पन्न भएसँगै भारतका विभिन्न सञ्चारमाध्यमहरुले एक्जिटपोल सार्वजनिक गर्न सुरु गरिसकेका छन् । नतिजा भन्दा पहिले अन्तिम चरणको भोटिङ सकिएपछि विभिन्न एजेन्सीहरुले तयार पारेको एक्जित पोल सार्वजनिक गरिएको हो । आधिकारिक नतिजा भन्दा पहिले आउने यो एक्जिट पोलले भारतको चुनावको नतिजाको पूर्व आकलन गर्नेछ ।