अष्ट्रियामा भ्रष्टाचार काण्डले सरकार ढल्यो, सेप्टेम्बरमा ‘आकस्मिक निर्वाचन’
प्रकाशित २०७६ जेठ ५ आइतबार
461
Shares
अष्ट्रिया । अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको आइतबार बताएका छन् । राष्ट्रपतिको उक्त भनाई भ्रष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो ।
नयाँ आकस्मिक निर्वाचनको मिति घोषणा भइसकेको छैन । तर राष्ट्रपति भान देर बेलेनले चान्सलर कुर्जसँगको भेटपछि सञ्चारकर्मीसँग भने, “मेरो पहल आकस्मिक निर्वाचन सेप्टेम्बरमा गर्नका लागि हुनेछ ।”
अष्ट्रियाली ‘भाइस चान्सलर’ तथा दक्षिणपन्थी दल फ्रिडम पार्टीका नेता हेन्ज क्रिश्चियन स्टार्चले आफुमाथि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधार देखाउँदै शनिबार पद तथा पार्टी नेतृत्वबाट राजिनामाको घोषणा गरेका थिए ।
उनिमाथि राजनीतिक सहयोगका लागि सरकारी करार कुनै शक्तिशाली समूहलाई पारिदिन सम्झौता गरेको आरोप लागेको थियो ।
भाइस चान्सलरको राजिनामा चान्सलर सेवास्टियन कुर्जले स्वीकृत गरेको स्टार्चले बताएका छन् ।