arrow

पश्चिम बंगालमा मोदीको जादू चल्दा ममतालाई झड्का !

विजेपीले ९ सिट बढाउने आकलन

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
modi-bangau.jpg

काठमाडौं । पश्चिम बंगालको बनगाउँमा पुगेर ठाकुर परिवारकी प्रमुख विणापाणी देवीसँग आशीर्वाद लिएर सुरु गरेको मोदीको चुनावले पश्चिम बंगालमा केही सुखद् समाचारको आकलन देखिएको छ । आईतबार टाईम्स अफ इण्डियाले गरेको एक्जिट पोलमा भाजपाले कूल ११ सिट जित्ने अपेक्षा राखेको छ । कूल ४२ सिट रहेको पश्चिम बंगालमा ममता वनर्जीको त्रिणमूल काँग्रेसले कूल २८ सिट जित्ने आकलन गरिएको छ । काँग्रेसको भने २ सिट आउने देखिएको छ । 

एविपी न्युजको एग्जिट पोलका अनुसार टीएमसीको कूल २४ सीट, बीजेपीको १६ र काँग्रेसको २ सीट मिल्ने अनुमान गरिएको छ ।

यस अघिको लोकसभा चुनावमा भाजपाले २ सिट मात्रै जितेको थियो । यस पटक मोदीको जादूले ९ सिट फाईदा हुने देखिएको हो । लोकसभा चुनावको एक्जिट पोल अनुसार भारतको कूल ५४२ सिट मध्ये अहिले सरकारको नेतृत्व गरिरहेको एनडीए गठबन्धनले ३०६ सिट जित्ने आकलन गरेको छ । टाइम्स अफ इण्डियाको चुनावी आकलन अनुसार देशभरमा कूल ३०६ सिट जित्ने दाबी गरिएको हो । सो आकलन अनुसार युपीए १३२ र अन्य पार्टीहरुले कूल १०४ सिट जित्ने आकलन गरिएको छ । 

आइतबार भारतीय न्युज च्यानल एविपीले गरेको एक्जिटपोलमा कूल ८० सिट रहेको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको २२ सिट मात्रै आउने देखिएको छ । एसपी र विएसपीको गठबन्धनको ५६ सिट आउने आकलन गरिएको छ । काँग्रेसको भने जम्मा २ सिट आउने भएको छ । 

यस अघि आइतबार साँझ ५ बजे चुनाव सकिएसँगै आजतकले सार्वजनिक गरेको एक्जिट पोलमा राजस्थान र छत्तिसगढमा पनि भाजपा अगाडि देखिएको छ । आजतकका अनुसार राजस्थानमा एनडीए २३ देखि २५ र यूपीएको ० देखि २ सिट आउने आकलन गरिएको छ । छत्तिसगढमा कूल ११ सिट मध्ये एनडीएको ७ देखि ८ र युपीएको २ देखि ३ सिट आउने देखिएको छ ।  मध्य प्रदेश, छत्तिसगढ र राजस्थानको कूल ६५ सिटमा एनडीए ५६ देखि ६१, युपीए ४ देखि ९ सिटमा विजयी हुने आकलन गरिएको छ । 

मध्य प्रदेशमा कूल २९ सिट मध्ये २६ देखि २८ सिटसम्म भाजपाले जित्ने दाबी गरिएको छ । आजतकले देशभरका ८ लाख मानिससँग सोधपुछ गरेको थियो । यस अघि विधानसभाको चुनावमा मध्येप्रदेशमा काँग्रेसले चुनाव जितेको थियो । आईतबार सातौं चरणको निर्वाचन सम्पन्न भएसँगै भारतका विभिन्न सञ्चारमाध्यमहरुले एक्जिटपोल सार्वजनिक गर्न सुरु गरिसकेका छन् । नतिजा भन्दा पहिले अन्तिम चरणको भोटिङ सकिएपछि विभिन्न एजेन्सीहरुले तयार पारेको एक्जित पोल सार्वजनिक गरिएको हो । आधिकारिक नतिजा भन्दा पहिले आउने यो एक्जिट पोलले भारतको चुनावको नतिजाको पूर्व आकलन गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ