arrow

तेक्वान्दो खेल्न काठमाडौं आएकी बालिका बेपत्ता

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
rita-tamang.jpg

काठमाडौं । तेक्वान्दो खेल्न काठमाडौं आएकी एक बालिका बेपत्ता भएकी छन्। सिन्धुपाल्चोक बाह्रबिसकी ११ बर्षीया बालिका काठमाडौबाट बेपत्ता  भएकी हुन् । कर्थली तेक्वान्दो डोजाङ्गमा आवद्ध ११ बर्षकी बालिका रिता तामाङ्ग गएको शुक्रबार   ललितपुरको धोविघाटबाट बेपत्ता भएकी  हुन् ।

उनी न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्धारा आयोजित राष्ट्रिय  प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकबाट राजधानी आएकी थिईन । कार्यक्रम चलिरहँदा गत शुक्रवार अपरान्ह १ बजे ‘खाजा खान जान्छु’ भनेर उनी धोबीघाटस्थित कार्यक्रमस्थलबाट बाहिर निस्किएकी थिइन ।

त्यसयता उनी सम्पर्क बिहिन अबस्थामा छिन् । बालबालिका खोजिको लागि परिवारले प्रहरीलाई खबर गरेपनि पत्ता लाग्न सकेको छैन । बालबालिका के कारणले सम्पर्क विहिन भएको भन्ने समेत थाहा भएको छैन ।

परिवारले बालिका खोजी कार्य गरिदिन सबैलाई आग्रह गरेको छ । बालबालिका फेला परेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ