arrow

अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युबामा

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
obama-lands.jpg.jpeg
हवाना । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार क्युबा पुगेका छन् । ऐतिहासिक भ्रमणका क्रममा ओबामा क्युबा पुगेको जनाइएको छ ।  गएको करिब आठ दशकछिको दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरुगर्ने यो भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको बताइएको छ । 
 
शीतयुद्धताकादेखिकै सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध पुनस्र्थापनास्वरुप गतवर्षदेखि विविध कार्यक्रम अघि सारिएको छ । यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो । 
 
आइतबार राष्ट्रपति ओबामा हवाना पुग्दा क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगोजले विशेष स्वागत गरेका हुन् । अमेरिकी प्रथम महिला मिचेल ओबामाका साथै कैयौँ उच्च सरकारी अधिकारीहरुका साथ क्युबा पुगेका  ओबामालाई क्युबाको मार्ती अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । 
 
ओबामा मार्ती विमानस्थलमा पुग्दा भारी मात्रामा वर्षा भइरहेकोले विमानबाट ओर्लिएपछि राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामालाई छाता ओढाइएका दृश्य टेलिभिजनहरुले देखाएका थिए । राष्ट्रपति  ओबामाले आज पहिलो दिन हवाना भियजाको भ्रमण गर्नु कार्यक्रम रहेको छ । उक्त सहरलाई पुरानो हवाना पनि भनिन्छ । विश्व सम्पदा सूचीमा सूचिकृत उक्त सहर क्युबाको एक प्रसिद्ध सांस्कृतिक सहर हो । 
 
भ्रमणमा ओबामासँग दुई छोरी पनि रहेका छन् । ओबामाको परिवारले नै सो सहरको भ्रमण गर्दा उक्त सहरको ऐतिहासिक एवम् सांस्कृतिक रुपमा दुई देशबीचको सम्बन्धलाई मापन गरिने विश्लेषण गरिएको छ । सोमबार ओबामाले क्युबाली राष्ट्रपतिसँग भेटवार्ता गर्नु अगावै  क्युबाली राष्ट्रपिताका रुपमा स्मरण गरिने जोसे मार्तीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्न कार्यक्रम रहेको छ । 
 
राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्त्रोबीच पनि भेटवार्ताका कार्यक्रम छ । दुईबीचको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी हुने कार्यक्रम रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सोमबारै राष्ट्रपति ओबामाले हवानामा क्युबाली र अमेरिकी उद्यमी तथा व्यापारीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । सो अन्तरक्रियामा  अमेरिका र क्युबाबीचको आर्थिक साझेदारिताको विकासका साथै लगानीका नयाँ नयाँ सम्भावनाहरुको बारेमा पनि छलफल हुने छ । 
 
अमेरिकी राष्ट्रपतिका रुपमा उहाँको यो भ्रमण सन् १९२८ पछि पहिलो पटक भएको हो । आधा शताब्दिभन्दा पनि लामो समयपछि भएको ओबामाको यो भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल वा सम्झौताभन्दा पनि सम्बन्धको सुधारका क्षेत्रमा प्रगति हुने जनाइएको छ । सन् २०१४ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति क्यास्त्रोबीच सम्बन्धको सुधार गर्ने विषयमा सहमति भएको थियो । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ