arrow

भारतीय चुनाव: कसको एक्जिट पोल होला वास्तविकताको नजिक, कसको आँकलन कति?

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
exit-poll.jpg

काठमाडौं। भारतमा १७ औं लोकसभा चुनावको सबै चरणको मतदान सम्पन्न भएको छ। चुनाव सम्पन्न भएसँगै विभिन्न संस्थाहरुले चुनावको समयावधिभर गरेको एक्जिटपोलको नतिजा आएको छ। देशभरका विभिन्न स्थानहरुमा गरिएको अध्ययन पछि तयार पारिएको एक्जिटपोलमा भिन्न भिन्न संस्थाका फरक आँकलनहरु आएको छ। 

लोकसभा चुनावको एक्जिट पोल अनुसार भारतको कूल ५४२ सिट मध्ये अहिले सरकारको नेतृत्व गरिरहेको एनडीए गठबन्धन फेरि सरकारमा आउने सम्भावना देखिएको छ। कुन् संस्थाले गरेको एक्जिटपोल सही सावित हुन्छ त्यो भने हेर्नै बाँकी छ। तर, एक संस्थाका अनुसार सत्तारुढ दल भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३०६ सिट जित्ने आँकलन गरिएको छ। टाइम्स अफ इण्डियाको चुनावी आकलन अनुसार देशभरमा कूल ३०६ सिट जित्ने दाबी गरिएको हो। सो आकलन अनुसार युपीए १३२ र अन्य पार्टीहरुले कूल १०४ सिट जित्ने सम्भावना छ। 

त्यस्तै, अर्को सञ्चार संस्था एवीपीले गरेको एक्जिटपोलमा कूल ८० सिट रहेको उत्तरप्रदेशमा भारतीय जनता पार्टीको २२ सिट मात्रै आउने देखिएको छ। एसपी र विएसपीको गठबन्धनको ५६ सिट आउने आकलन गरिएको छ । काँग्रेसको भने जम्मा २ सिट आउने भएको छ। यो संस्थाले यस अघि देशभरमा भारतीय जनता पार्टीले २६७ सिट जित्ने बताएकोमा पछि त्यसलाई बढाएर अहिले २७७ पुर्याएको छ। उसले काँग्रेसको १३० र अन्य दलको १३५ सिट आउने उल्लेख गरिएको छ। 

त्यस्तै, टाईम्स अफ इण्डियाको एक्जिट पोल अनुसार कूल ५४२ सिट मध्ये भाजपाको ३०५ सिट आउने देखिएको छ। युपीएको ११८ र अन्य दलहरुको १२० सिट आउने आकलन गरिएको छ । अर्काे तर्फ २०१४ को चुनावमा नतिजा नजिक पुगेको न्युज २४ चाणक्यले झनै एनडिएको पक्षमा एकदमै राम्रो नतिजा देखाएको छ। उसका अनुसार कूल सिट मध्ये ३५० सिट भाजपाको पक्षमा आउँदा काँग्रेसको ९५ र अन्य दलहरुको ९७ सिट आउने देखिएको छ। 

अर्काे तर्फ न्युज एक्स नामक संस्थाले गरेको अध्ययनले भाजपाको कूल २४२ सिट आउँदा काँग्रेसको १६५ सिट र अन्य दलहरुको १३६ सिट आउने आकलन गरिएको छ। इण्डिया न्युज तथा पोल स्ट्रेट का अनुसार एनडीएको २९८ सिट आउँदा काँग्रेसको १२४ सिट आउने उल्लेख छ। अन्य दलहरुको भने ११३ सिट आउने बताईएको छ। 

अर्काे संस्था न्युज नेसनले २८२ देखि २९० सम्म एनडीएको आउने र ११८ देखि १२६ सम्म युपीएको आउने आकलन गरेको छ। अन्य दलहरुको भने १३०देखि १३८ सम्म आउने उल्लेख गरिएको छ।

अर्काे इण्डिया टुडे र एक्सिस नामक संस्थाको अध्ययन अनुसार ३३९ देखि ३६५ सिटसम्म एनडिएले जित्ने सम्भावना देखिएको छ भने ७७ देखि १०८ सिटसम्म यूपीएले पाउने देखिएको छ । अन्य दलहरुले भने ६९ देखि ९५ सम्म सिट जित्ने देखिएको छ। यसबाहेक टाईम्स ग्रुपको टाईम्स नाउको रिपोर्ट अनुसार एनडीएको ३०५ सिट, यूपीएको ११८ सिट र अन्य दलहरुको ११९ सिट आउने देखिएको छ।
  
पछिल्ला चुनावहरुमा कुन् कुन् एक्जिटपोल सहि सावित भएका थिए ?
अघिल्लो लोकसभाको चुनावको क्रममा तयार पारिएको एग्जिट पोललाई आधार मान्ने हो भने धेरैको अनुमान सहि भएको थियो। तर, अघिल्लो चुनाव र यो चुनावमा केही अन्तर रहेकोले पनि यो चुनावमा कसको नतिजाबारे जानकारी आउन सक्छ रु त्यो भने हेर्न बाँकी नै छ। अघिल्लो चुनावको समयमा अधिकांश एग्जिट पोल्समा बीजेपीको अघुवाईमा एनडीएको सरकार बन्ने बताईएको थियो। 

अघिल्लो लोकसभा चुनावको दौरानमा एग्जिट पोल्सको अनुमान मिलाउनेहरु मध्ये त्यस भन्दा अघि पनि २ वटा आम चुनावमा केही संस्थाहरुले एक्जिटपोलमा नतिजाको हाराहारी अनुमान गरेका थिए। यद्यपि २००४ सालमा भने धेरै एक्जिटपोलहरु फेल खाएका थिए। सो समय अटल बिहारी वाजपेयीको नेतृत्वमा एनडीए सरकारको फेरि सत्तामा पुनरागमन हुने भविष्यवाणि गरिएको थियो। तर, त्यसको ठीक उल्टो मनमोहन सिंह नेतृत्वमा सरकार बन्यो। 

२००४ पछिको २००९ को चुनावमा पनि एग्जिट पोल्स फेल भएको थियो। ज्यादातर एग्जिट पोल्समा सो समयमा पनि यूपीएलाई एनडीएको भन्दा धेरै मत आउने त उल्लेख गरिएको थियो। तर, कसैले पनि काँग्रेस एक्लैले २०० भन्दा बढी सिट ल्याउने अनुमान गरेका थिएनन्। परिणाम घोषित भएपछि काँग्रेस एक्लैले २०६ सिट जितेको थियो। 

त्यस्तै २०१५ को विहारमा भएको विधान सभा चुनावको समयमा पनि एग्जिट पोल्सले सही अनुमान लगाउन सकेनन्। सबै एग्जिट पोल्समा बीजेपीलाई जेडीयू९आरजेडी गठबन्धनको भन्दा बढी सिट आउने उल्लेख गरिएको थियो। तर, परिणाममा भने विजेपी ५८ सिटमा मात्रै सीमित भएको थियो।

Image may contain: 2 people

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ