arrow

मेस्सीलाई छैटौं पटक पिचिची अवार्ड

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
messi41.jpg

काठमाडौं । अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले छैटौं पटक पिचिची अवार्ड जितेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले स्पेनिश ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै पिचिची अवार्ड जितेका हुन् । 

यस सिजनमा मेस्सीले ला लिगामा ३६ गोल गरे । उनले आइतबार राति भएको सिजनको अन्तिम खेलमा आइबरविरुद्ध दुई गोल गरेका थिए । योसंगै मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० औं गोलसमेत पूरा गरे ।

मेस्सीले एट्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्षअगाडि बनाएको कीर्तिमान बराबरी गरेका हुन् । जाराले पनि ६ पटक यो उपाधि जितेका थिए । 

यसपटक मेस्सीले आफ्नै टिमका लुइस स्वारेज र रियाल मड्रिडका करिम बेन्जिमालाई पछि पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ