arrow

स्पेनिश लिगको अन्तिम खेलमा बार्सिलोना र रियाल मड्रिड हुन सकेनन् खुशी

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
real12.jpg

काठमाडौं । स्पेनिश लिग फुटबलमा लिग च्याम्पियन बार्सिलोना र तेस्रो स्थानमा रहेर लिग सकाएको रियाल मड्रिडले यसपटक अन्तिम खेल खुशीसहित टुंग्याउन सकेनन् ।

Barcelona's No 10 lifts the ball over home goalkeeper Marko Dmitrovic

आइतबार भएको खेलमा बार्सिलोनाले आइबरसंग २–२ गोलको बराबरी खेल्यो । 

The Argentine rounds Dmitrovic before rolling in from an acute angle to make the score 1-1

आइबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरीसम्म पुर्याएको हो । निकै फराकिलो अन्तरले उपाधि जितेको बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनल मेस्सीले गरे ।

Lionel Messi celebrates after scoring his second goal in three minutes against Eibar

आइबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले १–१ गोल गरे ।

Eibar's Sergi Enrich (R) challenges for a header with Barcelona's Jordi Alba

बराबरीसंगै बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोड्यो । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७६ अंक जोड्यो । 

Ernesto Valverde observes his Barcelona team on the final day of the La Liga season

तेस्रो स्थानको रियाल मड्रिडको जम्मा ६८ अंक रह्यो । अन्तिम खेलमा रियाल रियाल बेटिससंग २–० गोल अन्तरले पराजित भयो ।

Quique Setien's side kept it tight at the back before going on to punish mistakes by Madrid with two second half strikes

घरेलु मैदानमै रियाल मड्रिड पराजित भएको हो । बेटिसलाई जित दिलाउन लोरेन मोरोन र जेसेले एक एक गोल गरे ।

Zinedine Zidane cut an animated figure as he barked instructions to his players but his efforts ultimately proved to be in vain

लेखाजोखा–
बार्सिलोना, एथलेटिको मड्रिड, रियाल मड्रिड र भ्यालेन्सिया च्याम्पियन्स लिगमा छानिँदा गेटाफे, सेभिया र स्पानियोल (छनोट चरण) युरोपा लिगका लागि छानिएका छन् । 

Bale did not join team-mates at the end, instead hugging Betis' Marcos Alvarez, who he knows from his Tottenham days

गिरोना, राए भाएकानो र हुएस्का रेलिगेशनमा परेका छन् । 

Madrid's hopes in attack rested with Brazilian star Vinicius Junior but he lacked the quality required to get himself a goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ