काठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामा ६६ हजार ७ सय ५० रुपैंया धरौटी बुझाएर प्रहरी हिरासत मुक्त भएका छन् । लामालाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई धरौटी लिई रिहा गर्न अनुमति दिएको हो ।
केही दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको क्रममा बैंक लकर चेक जाँच गर्दा गोली भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । लामाको दरबारमार्ग स्थित इन्भेस्टमेन्ट बैंकस्थित लकरमा १४ थान चाइनिज पेस्तोलको गोली भेटिएको थियो ।