arrow

भारतमा काँग्रेसको सर्वे र एक्जिट पोलको नतिजा समान 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
congress-I1.jpg

काठमाडौं । लोकसभा चुनावमा आएको एग्जिट पोलमा जहाँ एनडीए खेमाको खुशीको लहर देखिएको छ । त्यही बारेमा भारतीय सत्ता बाहिर रहेका कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले एग्जिट पोल्सलाई गसिपको संज्ञा दिएका छन् । टीएमसी चीफ ममता बनर्जीले यसलाई गसिप भन्दै २३ तारिकको दिन चुनावको नतिजा एक्जिटपोल भन्दा भिन्न आउने बताए ।

कांग्रेसले एग्जिट पोल्समा केन्द्रमा नरेन्द्र मोदी सरकारको बहुमतका साथ सत्तारोहणको अनुमानलाई केवल कल्पना मात्रै बताएका छन् । यूपीए गठबन्धनले २३ मेमा असली नतिजाले एनडिए गठबन्धन छक्क पर्ने बताउँदै आएका छन् । उता, एक्जिट पोलमा सबैभन्दा कम सिट आकलन गरिएको जति मात्रै आएपनि भारतमा मोदीको सरकार बन्ने सम्भावना देखिएकोबारे चर्चा चलिरहेको छ । यद्यपि एक्जिट पोलको बारेमा एनडीए गठबन्धनले भने केही पनि उल्लेख गरेको छैन ।  

एग्जिट महापोलका अनुसार एनडीए लाई ३०८ देखि ३०९ सिटसम्म मिल्ने आँकलन गरिएको छ । यूपीएले ११७ देखि ११८ सिटसम्म आउने आकलन गरिएको छ भने अन्य दलहरुको ११३ देखि ११४ सम्म सिट आउने उल्लेख छ । कांग्रेस प्रवक्ता राजीव गौडाले एग्जिट पोललाई अनुमान मान्दै भने , ुकृपया २३ मेसम्म पर्खनुहोस्। हामी तपाईहरुलाई अचम्ममा पार्दछौं । पूरा भोट शेयरलाई सीटमा तुलना गर्न एक्जिट पोलको आकडाले धेरै कठिन हुन्छ । हामी नै पनि कैयौं पटक सही बयान दिँदैनौं । एक्जिट पोल पनि यस्तै हो । 

पश्चिम बंगालको सीएम तथा टीएमसी प्रमुख ममता बनर्जीले एग्जिट पोललाई हावादारी गफ बताइन् । ममताले ट्वीट गर्दै भनिन्, 'म एग्जिट पोलको गफलाई यकीन गर्दिन । यस बकवासबाट हजारौं ईवीएमलाई छेडछाड या बदल्नेको योजना बनाईएको छ । म अपील गर्दछु कि सबै विपक्षी दलहरु एकजुट होऔं । हामी साथ मिलेर लडाईँ लडौं।' 

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूले ट्वीट गर्दै भने 'एग्जिट पोल्स जनतालाई वेवकुफ गराउनको लागि सफल भएको छ । एग्जिट पोल गलत साबित हुनेछ । किनकफ यो यथार्थ धरातल भन्दा निकै टाढा छ । आन्ध्र प्रदेशमा टीडीपीको सरकार बन्नेछ र केन्द्रमा गैरबीजेपी सरकार बन्नेछ।'

अहिले युपीएमा आवद्ध दलका नेताहरुले यदि एग्जिट पोल्सलाई आधार नमान्न आग्रह गर्दै एकपटक फेरि २००४ को एक्जिट पोलको नतिजा दाहोरिने बताउँछन् । २००४ मा केन्द्रको चुनावमा तत्कालीन अटल बिहारी वाजपेयी सरकार इण्डिया शाइनिङ्गको नाराका साथ चुनावमा उत्रिएको थियो । त्यस समयमा तमाम एग्जिट पोलहरुले वाजपेयी सरकारको पुनरागमनको अनुमान लगाएका थिए । तर, काँग्रेस सबैभन्दा ठूलो पार्टीको रूपमा उत्रिएको थियो । केन्द्रमा मनमोहन सिंहको नेतृत्वमा यूपीएको सरकार बनेको थियो । 

चुनावको बीचमा राहुल गान्धीको नेतृत्वमा बसेको केन्द्र कांग्रेसको बैठकले पनि यो चुनावको सम्भावित परिणामबारे चिन्ता जनाइसकेको थियो । नवभारत टाइम्सले केही काँग्रेसका नेताहरुको भनाइ उद्दृत गर्दै एक्जिट पोलको नतिजा र पार्टीले गरेको सर्वेको नतिजा समान आएको उल्लेख गरेको छ । काँग्रेसले हरेक चुनावमा आफूले छुट्टै सर्वे गर्ने गरेको छ । पार्टीको सर्वेका अनुसार कांग्रेसले ती राज्यहरुमा समेत राम्रो नतिजा प्रदर्शन गर्न सकेन कि जुन प्रदेशहरुमा यस अघि डिसेम्बरमा भएको विधानसभा चुनावमा भाजपालाई पराजीत गरेको थियो । कांग्रेसको रणनीतिकारहरुले यदि एनडीएले २३० को आँकडालाई छोयो भने केन्द्रमा भाजपाको सरकार दोहोर्याउनबाट रोक्न मुस्किल हुने ठहर गरेका थिए । यदि आँकडा २३० का भन्दा तल आयो भने मात्रै काँग्रेसको सबै योजनाहरु लागू हुने ती योजनाहरु जारी भएका थिए । यदि कांग्रेस १०० भन्दा तल आयो भने यो केवल काँग्रेसको लागि लाजमर्दो कुरा हुँदैन यसको अन्तर्गतको गठबन्धनमा लागेका क्षेत्रीय दलहरुको लागि समेत समस्याको विषय हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ