arrow

एक्जिट पोलको कारण भारतको सेन्सेक्स पहिलो ६० सेकेण्डमा ३.१८ लाख करोडले बढ्यो

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
exit-poll1.jpg

काठमाडौं । एग्जिट पोलको नतिजा केन्द्रमा सत्तासिन मोदी सरकारको पक्षमा आउने देखिएपछि सोमवार शेयर बजारको खुल्ने वित्तिकै पुँजी को ३.१८ लाख करोड रुपैयाँ बढेको छ । कारोबार शुरू भए लगत्तै ६० सेकेण्ड भित्र बीएसईमा सूचीबद्ध कम्पनीहरुको बजार पुँजीकरण ३.१८ लाख करोड रुपैयाँ बढेर १ लाख ४९ हजार ८ सय ९६ करोड रुपैयाँ पुग्यो। 

शुक्रवार कारोबार बन्द भएपछि यो कम्पनीहरुको बजार पुँजीकरण १ करोड ४६ लाख ५८ हजार करोड भारतीय रुपयेको आसपास थियो। यसका साथ साथ तीन सत्रमा सोमवारसम्म घरेलु कम्पनीहरुको बजार पुँजीकरणमा ५.३९ लाख करोड रुपयेको बढोत्तरी भएको छ ।  

भारतको टाइम्स नाउ-वीएमआरले बीजेपी गठबन्धनलाई ३०६ सिट मिल्ने उल्लेख गरिएको छ । जबकि बहुमतका लागि २७२ सीटको जरूरत पर्दछ। रिपब्लिक-सी भोटरले बीजेपीको नेतृत्ववाला गठबन्धनलाई २८७ सीट, जबकि न्यूज नेशनले एनडीएको २२३ देखि २९० सीट मिल्ने उल्लेख गरिएको छ । 

मोतीलाल ओसवाल फाइनान्सियल सर्विसेजको सीएमडी मोतीलाल ओसवालले भने, 'एग्जिट पोलको नतिजाबाट हामी धेरै उत्साहित छौं । अघिल्लो केही दिनहरुमा बजारमा २-३ प्रतिशतले बढ्ने तयारी छ । यो स्तरमा लिएर आशावादी छु । लगानीकर्ताहरुलाई सेयरमा लगानी बढाउनु पर्दछ । विहान ९:२० बजे सेन्सेक्स ९६२ अंक या २.५३ प्रतिशतबाट बढेर ३८ हजार ८९३ को कारोबार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ