arrow

जेलमा भीडन्त, ३२ जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
jail.jpeg.jpeg

ताजकिस्तान । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।  तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ