arrow

दुर्घटना हुनबाट जोगियो स्कूट एयरवेजको बिमान

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
scoot-airlines-.jpg

चेन्नाई । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।

बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ