arrow

अमेरिकासँग निहुँ खोजे इरानको आधिकारिक अन्त्य हुन्छ : ट्रम्प 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ६ सोमबार
donald-trump1.jpg

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकासँगको युद्धले इरानको आधिकारिक अन्त्य हुने चेतावनी दिएका छन् । उनले अमेरिकासँग दोस्रोपटक चेतावनी दिने भूल नगर्न पनि सुझाएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले इरानलाई यस्तो चेतावनी दिएका हुन् । इराकको अमेरिकी दूतावासनजिकै भएको मिसाइल आक्रमणपछि ट्रम्पको यस्तो भनाइ आएको हो । 

पछिल्लो केही समययता अमेरिका इरानकोबीचमा तनाव बढेको छ । अमेरिकाले मध्यपूर्वमा बमसहितको विमान वाहक पठाएसँगै दुई मुलुकको तनाव बढेको हो । यसअघि अमेरिकाले इराकबाट अनावश्यक रहेका कर्मचारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो । 

यद्यपि ट्रम्पले इरानसँग वार्ता भएर यो तनाव समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनले इरानले अमेरिकासँग युद्ध नगर्ने आशा रहेको बताएका छन् । इरानले पनि अमेरिकाको प्रतिबन्धको विरुद्धमा नझुक्ने बताउँदै आएको छ । 

उसले अमेरिकाको प्रतिबन्धको डटेर सामना गर्ने बताएको छ । गत वर्ष अमेरिकाले सन् २०१५ मा भएको न्युक्लियर सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यसयता इरान र अमेरिकाबीचको सम्बन्ध चिसिएको हो । साथै अमेरिकाले इरानी तेल खरिदको लागि दिएको छूटको म्याद पनि सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ