arrow

उडेको केही मिनेटभित्रै खस्यो विमान, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
hondurus-plane1.jpg

एजेन्सी । होन्डुरसको रोटान द्वीपमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् ।

उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ