arrow

धरौटीमा रिहा भएका ल्यारक्याल प्रशासनको गेटबाटै पक्राउ, वैदेशिक रोजगार ठगीले फेरि हिरासतमा

वुधबार वयानका लागि वैदेशिक रोजगार विभागमा पेस गरिने, सोमबार वयान हुन सकेन

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
lama-lyarcal.jpg.jpeg
काठमाडौं  । एककिकृत माओवादी सांसद ल्यारक्याल लामा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा रिहा भएपनि वैदेशिक रोजगार ठगीको  मुद्दाले प्रहरी हिरासतबाट मुक्त हुन पाएनन् । 
 
सांसद लामा ६६ हजार ७ सय ५० रुपैंया धरौटी बुझाएर प्रहरी हिरासत मुक्त भएर जिल्ला प्रशासन कार्यालयको गेटबाहिर निस्कनै लाग्दा वैदेशिक रोजगारीको ठगी मुद्धामा पक्राउ परे । लामालाई प्रहरीले सोझै वैदेशिक रोजगार विभागको कार्यालयमा पेश गरेकामा सोमबार वयान हुन नसकेपछि लामा पुन प्रहरी हिरासतमै छन् । लामालाई वुधबार वयानका लागि विभागमा पेश गरिने प्रहरीले जनाएको छ । 
 
लामालाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई धरौटी लिई रिहा गर्न अनुमति दिएको हो । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको क्रममा बैंक लकर चेक जाँच गर्दा गोली भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । लामाको दरबारमार्ग स्थित इन्भेस्टमेन्ट बैंकस्थित लकरमा १४ थान चाइनिज पेस्तोलको गोली भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ