arrow

पत्रकारको मुख बन्द गराउन खोज्ने सरकारद्वारा राजश्व चुहावटमा कारबाही घटाउन प्रस्ताव 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
parliament-bidheak.jpg

काठमाडौं । पत्रकारहरुको मुख बन्द गराउनको लागि विभिन्न असंवैधानिक विधेयकहरु संसदमा दर्ता गराएको सरकारले राजश्व चुहावटको शीर्षकमा भने कसुरदारमाथिको कारबाहीको प्रावधान कम गराउन प्रस्ताव गरेको छ । अहिले प्रतिनिधि सभामा छलफलको क्रममा रहेको सो राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा राजश्व चुहावट मुद्दाका कसुरदारलाई गरिने कारबाही मौजुदा व्यवस्थामा भन्दा कम गर्न प्रस्ताव गरिएको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को संशोधन गरी २०७५मा तयार पारिएको ऐनले राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई विगोको दोब्बरसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । सोही ऐनमा कसुरको मात्रा हेरी तीन वर्षसम्म कैद गर्न सक्ने व्यवस्था समेत गरिएको छ । यसमा कुनैपनि विगोको सीमा नतोकी ३ वर्षसम्म कैद सजाय गर्नसक्ने व्यवस्था थियो । तर, अहिले प्रस्ताव गरिएको विधेयकको दफा २३ ले ५० लाख रुपैयाँसम्मको विगो रहेको आरोपीलाई ६ महिना मात्रै कैद गर्ने व्यवस्था प्रस्ताव गरेको छ । जसमा विगोको १०० प्रतिशतदेखि दोब्बरसम्म जरिवाना गराउने प्रस्ताव गरेको छ । जबकि मौजुदा कानूनमा दोब्बर जरिवाना गर्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै, अहिले प्रस्तावित कानूनले पुरानो मौजुदा कानूनका केही प्रावधानहरु थप गरी ५० लाख भन्दा बढी राजश्व cfचुहावट गर्नेले वदनियतपूर्वक चुहावट गरेको थिएन भने त्यसलाई कूल सजायको ५० प्रतिशत मात्रै सजाय तोकिने उल्लेख छ । यसले गर्दा पनि राजश्व चुहावट गर्नेलाई भने कम सजाय तोकिएको हो । विधेयकमा ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको बिगो ६ महिनादेखि एक वर्षसम्म कैद प्रस्ताव गरिएको छ भने एक करोड रुपैयाँदेखि तीन करोड रुपैयाँसम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्म कैदको प्रस्ताव गरिएको छ । तीन करोड रुपैयाँ भन्दा माथि भने जतिसुकै विगो भएपनि तीन वर्षदेखि ५ वर्षसम्म कैद सजाय तोकिएको छ । 

यसबाहेक पनि विधेयकमा तोकिए बमोजिमको कर रकम समयमा नबुझाएमा सरकारले व्याज सहित असुल गर्नसक्ने र कुनै कम्पनीले तोकिएबमोजिमको कसुर गरेमा त्यस कम्पनीका जिम्मेवार पदाधिकारीहरुले समेत कसुर गरेको ठहर हुने लगायतका प्रावधानहरु प्रस्ताव गरिएको छ ।

विधेयकका अनुसार के गरेको भेटिएमा हुन्छ कसुर ?
कुनैपनि व्यक्तिले देहायको कुनैपनि कार्य गरेमा राजश्व चुहावटको कसुर मनिनेछ । 

(क) कम राजश्व तिर्ने वा कर राजश्व नतिर्ने उद्देश्यले गलत वा झुट्टा लेखा विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा नबुझाएमा वा तिर्नु वा बुझाउनु पर्ने राजस्व भन्दा घटी राजस्व तिरेमा वा बुझाएमा,

(ख) कुनै पनि मालबस्तु वा सेवाको निकासी पैठारी गर्दा सम्बन्धित भन्सार कार्यालयमा प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा वा छल्ने प्रयत्न गरेमा,

(ग) कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको नामबाट कुनै उद्योग, व्यापार वा व्यवसाय गरी कुनै वस्तु वा सेवा निकासी वा पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संस्थाको एजेन्ट भएमा सो कुरा नदेखाई प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा, राजस्व तिर्नु, बुझाउनु वा दाखिला गर्नु पर्ने कार्यालय वा सो कार्यालयको कर्मचारीको कार्यमा अनधिकार बाधा उत्पन्न गरेमा वा त्यस्तो कार्यालय वा कर्मचारीलाई अनुचित प्रभावमा पारी आफूले तिर्नु बुझाउनु पर्ने राजस्व नतिरेमा वा जति तिर्नु पर्ने हो सो भन्दा कम रकम तिरेमा वा त्यस्तो कुनै कार्य गर्ने गराउने प्रयत्न गरेमा,

(घ) राजस्व बुझाउनु पर्ने कार्यालयको कर्मचारीसँग मिलोमतो गरी वा नगरी कानून बमोजिम तिर्नु बुझाउनु पर्ने राजस्व रकममा हेरफेर वा परिवर्तन गरेमा वा राजस्व बुझाएको देखिने गलत वा झुट्टा लिखत तथा कागजात तयार गरेमा वा पेश गरेमा,

(ङ) राजस्व बुझाउनु पर्ने कार्यालयको कर्मचारीसँग मिलोमतो गरी वा नगरी कानून बमोजिम तिर्नु बुझाउनु पर्ने राजस्व रकममा हेरफेर वा परिवर्तन गरेमा वा राजस्व बुझाएको देखिने गलत वा झुट्टा लिखत तथा कागजात तयार गरेमा वा पेश गरेमा,

(च) राजस्व बुझाउने प्रयोजनको लागी घोषणा गरिनु पर्ने वा देखाउनु पर्ने कुनै आय, घर जग्गा वा अन्य सम्पत्ति वा सामानको वास्तविक मूल्य भन्दा घटी वा बढी हुने गरी हिसाव वा कागजात तयार गरी पेश गरेमा, 

(छ) कसैले कुनै मालबस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा, पैठारीकर्ता वा भन्सार एजेण्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालबस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, गुणस्तर र मूल्य फरक पारी घोषणा गरेमा वा कुनै मालबस्तु घोषणा नै नगरेमा,

(ज) कुनै व्यक्तिले आय लुकाई निजको आय भन्दा खर्च र सम्पत्ति बढी भएको देखिएमा,

(झ) प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिर्ने वा कम तिर्ने नियतले कुनै काम गरेमा,

(ञ) खण्ड ९क० देखि झ सम्म उल्लेखित कुनै कामकारबाही गर्नको लागि गलत परामर्श दिएमा, 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ