arrow

सैनामैनामा नमुना बस्तीको काम सुरु

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ ६ सोमबार
saina-maina.jpg

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना बस्तीको काम सोमबारदेखी सुरु भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत नगरको वडा नं ११ मा बन्न लागेको नमुना बस्तीको एक कार्यक्रमका बिच सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले शिलन्यास गरेका हुन् ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले नगरको विकाशको कामबाट बिस्थापित भएका र घरवार बिहिन भएका अति विपन्न नगर भित्रका बासीलाई लक्षित गरी नमुना बस्ती बनाउन लागिएको बताए ।

उनले भने– “ यो नगरपालिकामा घरवार बिहिन अवस्थामा कुनै पनि परिवार बस्न नपरोस् भन्ने हिसाबले बस्ती निर्माण गरेका हौ । ” साथै उनले अहिले नगरपालिकामा बाटो चौडा गराउने काम भईरहेको हुँदा यो कार्यमा सबै स्थानियले सहयोग गर्न अपिल गरेका थिए ।

नमुना बस्तीमा ५० वटा बन्नेछन् । जसअन्र्तगत यसै आर्थिक वर्ष भित्रमा ५ वटा घर र कम्पाउण्ड वालको काम सम्पन्न हुने नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले जनकारी दिए ।

आर्किटेक इन्जियनर मिलन भुर्तेलले नमुना बस्तीको निर्माण प्रक्रिया र बन्ने संरचनाको बारेमा विस्तृत जानकारी गराएका थिए ।

सोही कार्यक्रममा बोल्दै नगरपालिका वडा नं ११ का वडाध्यक्ष सुनिल मरासिनीले वडा भित्र बन्न लागेको नमुना बस्ती नेपालकै नमुना बस्ती बन्ने बताए ।

उनले यसलाई एक पर्यटकीय गन्तव्यका रुपमा समेत विकाश गरिने बताए । साथै यस निर्माण कार्यमा वडाबासीको साथ र सहयोगको रहने विश्वास व्यक्त गरे । नमुना बस्तीमा सामुदायिक भवन, सहकारी पसल, खेल मैदान, पार्किङ,सार्बजनिक शौचालय, पार्क लगायतका संरचना सहितको नमुना बस्ती हुनेछ ।

घर तथा कम्पाउण्ड वालका लागि यस आर्थिक बर्षमा १ करोड १० लाख बजेट बिनियोजन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ