arrow

एक्जिट पोलले भारतीय बजारमा धमाका, अदानी ग्रुपको सम्पत्ति एकैदिन डेढ खर्ब बढ्यो

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
sensex.JPG

काठमाडौं। लोकसभा चुनावलाई लिएर आइतबार आएको एक्जिट पोलको  नतिजापछि फेरि नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने सम्भावनाले सोमबार भारतीय सेयर बजारमा ठूलो बृद्धि भएको छ । मजबुत सरकार बन्ने सम्भावनाका कारण खुशी भएको सेयर बजार १४ सय अंकले माथि गएको छ।  

बम्बे स्टक एक्सचेन्ज बीएसईको ३० सेयर रहेको प्रमुख इण्डेक्स सेन्सेक्स दिउँसो ३ बजेसम्म ३९ हजार २८६ सम्म पुगेको थियो। त्यस्तै नेशनल स्टक इन्डेक्स (एनएसई)को ५० शेयरवाला प्रमुख इण्डेक्स निफ्टी ३९५ अंक बृद्धि भएर ११,८०२ को स्तरमा पुगेको छ। जानकारहरुका अनुसार सेन्सेक्स र निफ्टीमा देखिएको यो बृद्धि १० वर्षकै सबैभन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अघिल्ला केही दिनसम्म शेयर बजारमा २ देखि ३ प्रतिशतको बृद्धि भइरहने आकलन गरिएको छ।

उता, सबै एग्जिट पोलमा नरेन्द्र मोदीको अगुआईमा रहेको एनडीएको जीतको अनुमानले अडानी ग्रुप अफ कम्पनीको शेयरमा भारी बृद्धि भएको छ। सोमवार उद्योगपति गौतम अडानीको नेतृत्वमा रहेको ग्रुपको कम्पनी सेयरमा ३० प्रतिशतसम्मको शानदार बृद्धि भएको मनि भास्करले जनाएको छ। यसमा सो ग्रुपको ४ कम्पनीहरुको मार्केट क्याप लगभग १६ हजार करोड भारतीय रुपयाँ बढेको छ। 

गुजरात मुख्यालय रहेको अदानी समूहले आज सबैभन्दा धेरै फाइदा गरेको हो। सोमवार सो समूहको शेयरमा १३.६२ प्रतिशतसम्मको बृद्धि भयो। बम्बे स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्समा सोमवार कारोबारको दौरान १३०० अंकसम्मको बृद्धि भयो। अदानी समूहको शेयर अदानी इन्टरप्राइजेजको बजारमा महत्वपूर्ण हिस्सा रहेको छ। 

बीएसईमा अदानी इन्टरप्राइजेजको शेयर १३.६२ प्रतिशतसम्म बढेर १३५ भारतीय रुपयाँसम्म पुगेको छ। जबकि अदानी पोट्र्स एण्ड स्पेशल इकोनोमिक जोनको शेयर ५.२९ प्रतिशतले बढ्यो। विहान कारोबारको समयमा अदानी समूहका अन्य शेयरहरुमा समेत बढोत्तरी भएको छ। अदानी पावरको शेयर ११.२२ प्रतिशत बढ्यो। अदानी ट्रान्समिशनको शेयर ६.१९ प्रतिशत बढ्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ