arrow

आकाशियो तरकारीको मुल्य

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ ६ सोमबार
Vegetables.jpg

बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा एक हप्ताको अन्तरमा तरकारी तथा फलफुलको मूल्य आकाशिएको छ । जसका कारण  उपभोक्ताहरु प्रतक्ष मारमा परेका छन् । देशभर संगै बुटवलमा पनि फलफुल तथा तरकारीको मुल्यमा एकाएक बृद्वि भएको हो ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा  रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा तरकारी तथा फलफुलको मुल्यमा एकाएक परिवर्तन आएको हो  । गत हप्ता ६० रुपैयाँमा उपभोत्ताले गरिद गरेको टमाटर एक साताभित्रै ९०—१०० रुपैयाँमा बजारमा बिक्रि  भएको हो । वृदी भैरहेको बजार भाउले निम्न आय भएकालाई समस्या भएको उपभोक्ताको भनाइ छ ।

गत साता ४० रुपैयाँं प्रति केजी टमाटर विक्री भएकामा यो हप्ता ६५ देखि ७० रुपैयाँंसम्म भएकोे व्यवसायी रवि बर्नवाल बताउँछन् ।  हाल ८० प्रतिशत तरकारी भारतबाट आयात भएको र भारतमा चुनाव र मुस्लिम समुदायको रोजा चलिरहेकाले उतै खपत हुने तरकारी मध्ये केही नेपाल आउंदा मूल्य वृद्धि भएको बर्नवालको भनाई छ ।

गत वर्षको तथ्यांकले भने तरकारीको दररेटमा त्यती वृद्धि भएको देखाउंदैन बुटवल कृषि उपज थोक बजारका अध्यक्ष कलाधर पन्थीका अनुसार गर्मी बढी भएकाले तरकारीलाई आवश्यक पानी कम हुने र उत्पादन कम हुने गर्दछ । पाक्न लागेका तरकारी समेत पानीको अभावमा बिग्रिने भएकाले मूल्य वृद्धि भएको पन्थीको भनाई छ ।

राज्यले नै कृषकको उत्पादनको प्रारम्भिक मूल्य नतोक्दासम्म यो समस्या रहदै आएको बिज्ञहरुको भनाई छ ।बुटवल थोक बजारमा स्थानीय बाहेक कपिलवस्तुको गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, परासीको त्रिवेणी , पहाडी जिल्ला गुल्मी, अर्घाखांची बाट समेत व्यापारी तरकारी खरिदका लागि आउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ