arrow

पेटमा बढिरहेको क्यान्सरसँग लड्दै युवराजले जिताए विश्वकपको लडाइँ

सन्यास लिने तयारीमा युवराज

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
yubraj1.jpg

काठमाडौं ।  सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो । दोस्रो उपाधिको लागि उसले २८ वर्षको प्रतीक्षा गर्नुपर्‍यो । दोस्रोपटकको विश्वकपको उपाधि जित्दा भारतीय टोलीका हिरो युवराज बने ।

सो विश्वकपमा उनले क्यान्सरसँग लड्दै आफ्नो टोलीलाई जित दिलाएका थिए । उक्त विश्वकपपछि उनले महत्वपूर्ण प्रदर्शन भने गर्न सकेका छैनन् । यहाँ उनको जीवनको केही महतवपूर्ण चरण समावेश गरिएको छ ।

भारतको पञ्जाबमा जन्मिएका युवराजले आफ्नो क्रिकेट यात्रा सन् १९९५-९६ मा यू–१६ बाट शुरु गरेका थिए । फस्ट क्लास क्रिकेटमा उनको प्रदर्शन शुरुवातमा राम्रो रहन सकेको थिएन ।

सन् १९९७ मा उनले उडीसाको विरुद्धमा पहिलो फस्ट क्लास खेल खेलेका थिए । उनी पहिलो खेलमा नै शून्य आउट भएका थिए । सन् २००२ मा उनले मोहम्मद कैफको कप्तानीमा यू–१९ विश्वकपमा निकै राम्रो प्रदर्शन गरेका थिए । यो प्रतियोगिता भारतले जितेको थियो ।

उनलाई सन् २००० मा आईसीसी अनआउट ट्रफीमा पहिलोपटक भारतीय टोलीमा मौका मिलेको थियो । तर, उनले आफ्नो पहिलो खेलमा केन्याविरुद्ध केवल १६ रन बनाएका थिए । यो प्रतियोगिताको क्वार्टरफाइनलमा उनले अष्ट्रेलियाविरुद्ध ८४ रन बनाउँदै आफूलाई साबित गरेका थिए ।

सन् २००७ विश्वकपमा उनी राम्रो अलराउण्डर बनिसकेका थिए । २००७ को विश्वकपमा उनले भारतीय टोलीको उपकप्तानीको भूमिका निर्वाह गरेका थिए । त्यसै वर्ष टी२० विश्वकप आयोजना भएको थियो । यो प्रतियोगितामा युवराजले इंगल्याण्डले एक ओभरको ६ बलमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए ।  

सन् २०११ को विश्वकपमा युवराजले निकै राम्रो प्रदर्शन गरेका थिए । तर, उनी यो विश्वकपमा युवराज क्यान्सरको शिकार भएका थिए । क्वार्टरफाइनलमा अष्ट्रेलियाविरुद्धको खेलमा उनको मुखबाट रगत पनि आएको थियो । तर, उनले हिम्मत हारेनन् ।

यसै क्रममा अहिले युवराज सिंह अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने तयारीमा छन् । युवराजले भारतका लागि ४ सय भन्दा बढी अन्तर्राष्ट्रिय खेलमा १० हजारभन्दा बढी रन बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ